सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

दीपावलीको पाबन अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : शनिबार, कार्तिक ९, २०७६



  • मधुकर पाण्डे , काठमाडौं । २०७६ सालको शुभ-दीपावली छ्ठ पर्व तथा ने स ११४० को पाबन अबसरमा छापथोक आरुचौर काठमाडौं संपर्क समाजको आयोजनामा आज काठमाडौंमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । समाजका अध्यक्ष कृष्ण भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि हितबहादुर तामाङ, विशेष अतिथि ३ नम्बर प्रदेश का उपसभामुख राधिका तामाङ, विशेष अतिथी प्रदेसका मानानिय केसब पाण्डे तेसै गरि विशेष अतिथी माननिय युबा नेता बद्री मैनाली र अतिथि ककनी गाउँ पालिकाको अध्यक्ष मान बहादुर तामाङ लगायत सयौं बिभिन्न पेसामा संलग्न ब्यक्तिवहरु उपस्थिति थियो ।

    उक्त कार्यक्रममा माननिय केसब पाण्डेले नेपालमा अब सुरुङ्ग मार्ग निर्माणको चरणमा गएको र छिटै नुवाकोट जोड्ने छहरे टोखा सुरुङमार्ग प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने बिस्वास दिलाउनु भयो र नुवाकोट अत्यन्तै राम्रो सहर बन्ने बताउनु भयो।एसै गरि युबा नेता साम्सद बद्री मैनालि ज्युले सुभकामना दिदै सरकारले राम्रो काम गरिरहेको अब छहरे टोखा सुरुङ्ग मार्गको चीन सरकारले बनाउने छ र नुवाकोटको भबिस्य राम्रोहुने र ककनी डम्पिङ साइड्ट बेबस्थित गर्ने र ककनी सडक निर्माण मा ढिलासुस्ती गरेको ठेकेदार लाई ठाडो चुनौती दिदै आउदो हिउद सम्म बनेन भने चाहे जोसुखैको घरपेटी होस कारबाही हुने र जनताले तेस्को प्रतिकार गर्ने बताउनु भयो एसै गरि ककनी गाउँ पालिका को उपाध्यक्ष सीता खतिवडा लामाले ककनी गा.पा.ले राम्रो काम गरिरहेको जानकारी दिदै शुभकामना दिनु भयो ।

    यसै गरि नेकपा जिल्ला सद्स्य कासिराज अधिकारी र ककनी गा.पा.का अध्यक्ष मानबहादुर तामाङले शुभकामना दिदै ककनी बिकास गर्न सबै काठमाडौंमा बस्ने दाजुभाइले सहयोग गर्न अपिल गर्नुभयो । यसै क्रममा विशेष अतिथि ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङले देश निर्माणको चरणमा रहेकोले बिकासको लहर बिस्तारै देखिने अब आउदो दिनमा राम्रो हुने बताउनु भयो र बिकासको लागि सबै पार्टीको भुमिका एकै हुन पर्ने बताउनु भयो । प्रमुख अतिथी पुर्ब मन्त्री संघिय संसद माननीय हितबहादुर तामाङ शुभकामना दिदै आज संघीयताको कारण गाउँ गाउँमा बजेट बिनियोजन भएको छ र बिकास त्यहीबाट हुने कुरो बताउनु भयो । ककनी सडक ठेकेदारको लापरबाहीका कारण जिर्ण बनेको र अरब भन्दाबढी बजेट परेको सडकमा आजसम्म काम नहुनु दुर्भाग्य भएको बताउदै हित बहादुर कै पहलमा भिउ टावर बन्दै छ र छहरे टोखा सडक आउदो ४ बर्ष सम्म बनिसक्ने दाबी गर्नु भयो ।

    दुई तिहाई सरकारले तीब्र बिकास गर्ने योजना भए पनि बिकास भनेको भ्यागुतो उफ्रेको जस्तो चालमा अघि बढी रहेको बताउनु भयो र कार्यक्रमको उद्घोषण युबा नेता बुद्धि जिबि ब्यापारी रामशरण भन्डारीले गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij