सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पोकली झरना महोत्सव हुँदै

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १४, २०७६



  • काठमाडौं। ओखलढुंगास्थित नेपालकै दोस्रो उचाइमा रहेको पर्यटकीय स्थल पोकली झरनाको प्रचारमा वृहत सांस्कृतिक पोकली झरना ओखलढुंगा महोत्सव हुने भएको छ। महोत्सव पोकली झरना सेवा समाजको आयोजनामा कात्तिक १६ र १७ गते २ दिनसम्म चल्नेछ।

    पोकली झरनाको सौन्दर्यता र महत्वलाई विश्व स्तरमा चिनाउन तथा पर्यटन वर्षलाई केन्द्रित गरि यसको अधिकतम प्रचार–प्रसार गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको समाजका अध्यक्ष मिलनकुमार विष्टले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

    पोकली झरना परिषरमा आयोजित उक्त वृहत सांस्कृतिक महोत्सवको नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेलले उद्घाटन गर्ने बताइएकाे छ ।

    करिब १ सय ३० मिटर अग्लो यो झरनालाई नेपाल सरकारले ‘नेपालल भम्रण वर्ष २०२०’ को लागि १०० गन्तव्य सूचीमा समावेशसमेत गरेको छ । काठमाडौंबाट काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुली, रामेछाप जिल्ला हुँदै पोकली झरना पुग्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij