सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नेपालमा ‘आप्रवासी कामदारहरुको अन्तर्राष्ट्रिय सम्मेलन’ हुने

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २१, २०७६



  • काठमाडौं। नेपालमा ‘आप्रवासी कामदारहरुको अधिकार संरक्षणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना हुने भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी आप्रवासी कामदारहरुको मानव अधिकार हनन् हुन नदिने उद्देश्यका साथ यही कातिक २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा सो अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो।

    सो अन्तर्राष्ट्रिय सम्मेलनमा आप्रवासी कामदारहरुले काम गरिरहेका मुलुकका सरकारका प्रतिनिधिहरु, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारको क्षेत्रका कार्यरत अन्तर्राष्ट्रिय संघ, संस्था र सामाजिक संघ, संस्थाहरुका प्रतिनिधिहरु सहभागी हुने पनि आयोगका सदस्य सुदिप पाठकले जानकारी दिए।

    आयोगले सो अन्तर्राष्ट्रिय सम्मेलनबाट आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणमा दक्षिण एशीया तथा एशीया प्रशान्त क्षेत्रका मुलुकहरु जिम्मेवार बन्ने अपेक्षा गरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने सो अन्तर्राष्ट्रिय सम्मेलनमा आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणसम्बन्धि ५ वटा कार्यपत्र समेत प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

    राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणका लागि क्षेत्रीय, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरका सम्मेलन सुरु गर्न थालेको हो । आयोगका सदस्य पाठकका अनुसार आयोगले अन्तर्राष्ट्रिय मानव अधिकार आयोगलाई पनि आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न आग्रह गर्ने तयारी पनि गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij