सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बस दुर्घटना १४ जना घाइते

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ३, २०७६



  • दाङको तुलसीपुरबाट नेपालगञ्ज जादै गरेको यात्रुवाहक बस सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

    तुलसीपुरबाट यात्रु लिएर नेपालगञ्ज जादै गरेको ना ५ ख ६४४९ नम्वरको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा दुर्घटना भएको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँके जनाएको छ । घाईते मध्ये दुई जनाको अवस्था गम्भिर, एक जनाको अवस्था मध्यम रहेको छ भने अन्य घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

    गम्भिर घाईते हुनेमा दाङको दंगीशरण गाउँपालिका वडा नम्वर ६ बस्ने विष्णु कुमारी नेपाली र रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर १२ बस्ने ५३ वर्षिय दल बहादुर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    यस्तै अन्य घाईते हुनेमा तुलसीपुर आशा बस्नेत, कोहलपुर नगरपालिका–११ की जानकी पुन र बसका सहचालक राप्तीसोनारी गाउँपालिका–३ का भीमबहादुर बस्नेत लगाएतका रहेका छन् । गम्भिर घाईते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ भने अन्य घाईतेहरु सामान्य उपचार पछि घर फर्किसकेको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij