सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

दाङ दुर्घटना (अपडेट), मृतककाे सनाखत, घाइते २१ जनाकाे उपचार हुँदै (फोटो फिचर)

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६



  • प्युठानको ढिकाबाङ जादै गरेको ना ३ ख ६५४२ नम्वरको बस दाङको बंगलाचुली गाउँपालिका वडा नं. ६ बचेनी भन्ने स्थानमा दुर्घटना हुँदा बसमा सवार एक महिलाको ज्यान गएको छ भने अन्य २१ जना यात्रु घाइते भएका छन् । मृतककाे सनाखत भएकाे छ ।

    दुर्घटनामा परी मृत्यु हुनेमा माण्डवी गाउँपालिका वडा नम्बर २ प्युठानकी १६ वर्षीया नेहा वलीले रहेको प्रहरीले जनाएको छ । यस्तै, उक्त दुर्घटनामा परि घाईते भएका मध्ये १ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

    गम्भीर घाइते हुनेमा बसका सहचालक बंगलाचुली गाउँपालिका वडढा नम्बर ६ रुपिनडाँडाका ४० वर्षीय हिक्मत पुन रहेको प्रहरीले बताएको छ ।

    अन्य घाईतेहरुको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए । मंगलबार दिउँसो सवा ३ बजेतिर उक्त बस अनियन्त्रित भइ सडकदेखि ५० मिटर तल खसेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij