सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

ट्याक्टर दुर्घटना, ३७ विद्यार्थी घाइते

  • प्रकाशित मिति : बुधबार, मंसिर ११, २०७६



  • सुर्खेत । जनज्योति माध्यमिक विद्यालय बड्डीचौरमा कृषि जेटिए विषयमा अध्ययनरत विद्यार्थीहरु सवार ट्याक्टर हल्दुमा दुर्घटनाहुँदा ३७ जना घाइते भएका छन् । कर्णाली राजमार्गमा पर्ने बड्डीचौर–तल्लोडुङ्गेश्वर सडक खण्डको बराहताल–५ हल्दुमा बिहीबार ट्याक्टर दिउँसो दुर्घटनाहुँदा विद्यार्थीहरु घाइते भएका हुन् ।

    विद्यालयले अम्लाखालीमा गरेको मौरीपालन अवलोकन गर्न जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक कृष्ण कंडेलले जानकारी दिए । घाइते मध्य दुइ जनाको अवस्था गम्भीर रहेको छ ।
    घटना लगत्तै बड्डीचौरबाट खटिएको प्रहरीले घाइते विद्यार्थीहरुको उद्धार गरेर थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुठाएको कंडेलले बताए ।

    घाइतेहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । स्पीड बढी र हाइड्रोलिक भएको ट्याक्टरको ट्रालीको स्वीच थिच्दा दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको अनुमान छ ।

    प्रहरी ट्याक्टर चालक र सहचालकलाई नियन्त्रणमा लिएर घटनाका अनुसन्धान गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमख उदयसि‌ंह सिजापतिले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij