सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

जीवित रहिनन् सुष्मा, रह्यो त केवल उनको सपना

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • काठमाडौं । ‘मलाई यस्तो बनाउने व्यक्तिले कारवाही भोगेको हेर्ने इच्छा छ, म नमर्दै देख्न पाए हुन्थ्यो ।’ केही दिन अघि जीवनको अन्तिम समयमा अस्पतालको श्ययाबाट सुष्माले भनेकी थिइन्। तर, पीडक दोषी प्रमाणित भए पनि उनको यो सपना भने अब कहिल्यै पूरा हुने छैन ।

    काठमाडौँको होटलमा जबर्जस्ती यौन व्यवसायमा लगाइएकी उनी सदाका लागि बिदा भएकी छिन् । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला उनको सोमबार दुःखद् निधन भएको छ । यद्यपि अस्पताल श्ययाबाट उनले दिएको बयानका आधारमा प्रहरीले घटनाको अनुसन्धान जारी राखेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    दयनीय अवस्थामा काठमाडौँ बालाजुको माछापोखरीस्थित सडकबाट उद्धार गरिएकी २२ वर्षीया सुष्माको बोली टाठै थियो तर, ज्यान भने गलिसकेको थियो । जीवनको अन्तिम अवस्थासम्म उनले आफ्नो पीडा र चाहना सबैमाझ सुनाएकी थिइन् । प्रहरीसँगको बयानमा आफूलाई यौन व्यवसायमा लगाउने व्यक्ति भनेर उनले केही मान्छेको नाम उल्लेख गरेकी थिइन् । प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको छ ।

    ‘उनले धेरैपटक आफूलाई पीडा दिने व्यक्तिले कारवाही भोगेको हेर्ने इच्छा छ भनिन्, रातदिन नभनी उनको जीवन बचाउन विभिन्न अस्पताल लग्यौँ, तर रोगले गलिसकेको अवस्थामा फेला परेकाले बचाउन सकिएन्’, पछिल्लो समयमा उनको रेखदेख गर्दै आएको मानव सेवा आश्रमका प्रदेश संयोजक सुमन बर्तौलाले भने ।

    सानैमा बिहे भएको थियो । दुई सन्तान जन्मिए । श्रीमान्को मृत्युपछि एक महिलाले खाना पकाउने काममा लगाइदिने भनेर काठमाडौँ ल्याएकी थिइन् । केही समय खाना पकाउने काम लगाएपछि होटलले यौन क्रियाकलापमा लगाएको अस्पताल बेडमा रहँदा सुष्माले बताएकी थिइन् । त्यो बेला मदिरासँगै केही धुलोजस्तो खुवाउने गरेकाले ग्राहक आए पनि के गर्छ भन्नेसम्म आफूलाई थाहा नहुने गरेको उनले भनेकी थिइन् ।

    होटलमा यौनतृप्तीका लागि नेपालीदेखि विदेशी पनि आउँथे । नमान्दा तातोपानी खन्याएर यातना दिने गरेको पीडा उनले बताएकी थिइन् । उनको शरीरभरि चुरोटले पोलेको र तातोपानीले डामेको घाउ प्रसस्तै देखिन्थो । महानगरीय प्रहरी परिसरका अनुसार केही वर्षअघि एक महिलाले होटलमा काम गर्ने भनेर काठमाडौँ ल्याएर उनलाई छाडेकी थिइन् । प्रहरीका अनुसार उनी आन्तरिक बेचबिखनमा परेकी थिइन् । परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले उनको बयानका आधारमा चार जना आरोपीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए।

    ज्यानभरि चुरोटैचुरोटले पोलेको अवस्थामा भेटिएको थियो, अस्पतालमा उपचार गराइरहेका थियौँ, कलेजो नै ड्यामेज भएकाले उपचार प्रयास असफल रह्यो”, प्रहरी नायब उपरीक्षक बोगटीले भने। उनको निधन भए पनि आवश्यक प्रमाण जुटाइसकेकाले घटनाको अनुसन्धान भने जारी रहने उनले बताए । उनी झण्डै दुई वर्षदेखि यसरी काठमाडौँमा बस्न बाध्य भएको प्रहरीले जनाएको छ ।

    कलेजोले काम नगरेको र पेट फुल्ने गरेकाले दैनिक पानी निकाल्ने गरिएको थियो । अस्पतालमा उच्च प्रोटिन दिएर राखिएको थियो । गम्भीर अवस्थामा माछापोखरीस्थित सडकमा महिला रहेको खबर आएपछि मानवसेवा आश्रमले गत कात्तिकमा उद्धार गरी उनलाई अस्पताल पु¥याएको थियो ।

    प्रहरीले अहिलेसम्म उनको परिवार पनि फेला पार्न सकेको छैन । उनको उपचार कै क्रममा सोमबार वीरअस्पतालमा निधन भएको छ । उनको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । प्रहरीले परिवारको खोजी जारी रहेको र पत्ता लागेपछि शव बुझाउने बताएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij