प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६
काठमाडौं – किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’को ६६ औं जन्मोत्सवको अवसर पारेर भोलि मंसिर १८ गते बुधवार इलामको माङ्सेबुङ गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
माङ्सेबुङ गाउँ कार्यपालिकाले हरेक वर्ष मंसिर १८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाको निर्णयलाई किरात धर्मावलम्बी नागरिकले ऐतिहासिक निर्णय भन्दै स्वागत गरेका छन् । गाउँपालिकाले किरात धर्मावलम्बीको सम्मान गर्दै बिदा दिने निर्णय गरेको छ ।
किरात धर्मावलम्बीको आस्थाको केन्द्र मानिएको माङ्सेबुङमा धर्मगुरुको जन्मोत्सवमा हरेक वर्ष देशका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने गरेको छ ।
यसअघि विभिन्न वर्षमा भएका जन्मोत्सव कार्यक्रममा तत्कालीन राजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई माङ्सेबुङ पुगिसकेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij