सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कसरी भएको थियो गोत्रको सुरुवात ? गोत्र थाहा नभए के गर्ने ?

  • प्रकाशित मिति : शनिबार, मंसिर २१, २०७६



  • काठमाडौं । सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र ‘त्र’ आशय हुन्छ ‘रक्षा गर्नु’ । अतः गोत्रको एक अर्थ ‘इन्द्रिय आघातबाट रक्षा गर्नु’ । जसको स्पष्ट संकेत ‘ऋषि’ को तर्फ पनि हुन्छ । सामान्यतया ‘गोत्र’ ऋषि परम्परासँग सम्बन्धित मानिन्छ ।

    ब्राह्मणाका लागि ‘गोत्र’ विशेष रूपमा महत्वपूर्ण हुन्छ । किनकी ब्राह्मणहरु ऋषिका सन्तान मानिन्छन् । जसअनुसार प्रत्येक ब्राह्मणको सम्बन्ध ऋषिकूलसँग हुन्छ । प्राचीन कालमा चार जना ऋषिका नामबाट गोत्र पराम्परा सुरु । ति ऋषि हुन्, अंगिरा, कश्यप, वशिष्ठ र भगु । केही समय पछि जमदग्नि, अत्रि, विश्वामित्र तथा अगस्त्य पनि त्यसमा जोडिए । व्यावहारिक रूपमा ‘गोत्र’ को आशय पहिचानसँग जोडिएको हुन्छ । जो ब्राह्मणहरुका लागि उनीहरुको ऋषिकुलसँग सम्बन्धित हुन्छ ।

    कालान्तरमा जब वर्ण व्यवस्थाले जाति–व्यवस्थाको रूप लियो त्यसपछि यो पहिचान स्थान तथा कर्मसँग पनि सम्बन्धित हुन पुग्यो । यही कारणको हो कि ब्राह्मणका अलावा अन्य जातिको गोत्र उनीहरुको उद्गम स्थान या कर्मक्षेत्रसँग सम्बन्धित हुन्छ । ‘गोत्र’ को पछाडिको मूख्य भाव भनेको एकत्रीकरण हो । यद्यपि वर्तमान समयमा आपसी प्रेम र सौहार्दताको कमीका कारण गोत्रको महत्व पनि विस्तारै कम हुँदै गएर केवल कर्मकाण्डी औपचारिकतामा सीमित हुन पुगेको छ ।

    गोत्र थाहा नभए के गर्ने ?
    ब्राह्मणमध्ये यदि कसैलाई आफ्नो ‘गोत्र’को ज्ञान हुँदैन भने कुनै धार्मिक कर्म गर्दा उनको गोत्र ‘कश्वप’ भनेर उच्चारण गरिन्छ । यस्तो यसकारण हुन्छ कि कश्यप ऋषिका एकभन्दा धेरै विवाह भएका थिए र उनको अनेक पुत्र थिए । त्यसैले यदि कुनै ब्राह्मणलाई आफ्नो गोत्रको ज्ञान हुँदैन भने उनलाई ‘कश्यप’ ऋषिकूलको मानिन्छ । त्यसैले उनको गोत्र कश्वप भनेर उच्चार गरिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij