सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

विगतभन्दा फरक छैन यस वर्षको कामपा दिवस

  • प्रकाशित मिति : शनिबार, मंसिर २१, २०७६



  • काठमाडौं । काठमाडौँ महानगरले आफ्नो २५औँ वार्षिकोत्सव विगतका वर्षमा जस्तै मनाउने तयारी गरेको छ । दिवसका अवसरमा यस वर्ष पनि आगामी २८ र २९ गते दुई दिन विभिन्न कार्यक्रम गर्ने भएको छ ।

    दिवसको मूल समारोह समितिको अध्यक्षमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य रहेका छन् । दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम, सांस्कृतिक झाँकी, वाद्यवादन तथा प्रदर्शनी हुने कामपाले जनाएको छ । दिवसलाई व्यवस्थित गर्न वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा व्यवस्थापन उपसमिति, वडा ३२ का अध्यक्ष एवं सुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी, करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमा डङ्गोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

    संयोजक महर्जनका अनुसार यस वर्ष कार्यक्रम वसन्तपुरमा आयोजना हुनेछ । कार्यक्रममा कामपाले तयार पारेका सहरी पूर्वाधार, संस्कृति तथा सम्पदासँग सम्बन्धित तस्बीर प्रदर्शनी र सांस्कृतिक कार्यक्रम हुनेछ । विसं २०५२ मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।

    महानगर घोषणा भएको यस वर्ष २५ वर्ष भएको छ । यस अवसरमा महानगर घोषणा गर्ने तत्कालीन प्रमुख पिएल सिंहलाई सम्मान गर्ने महानगरको योजना रहेको संयोजक महर्जनले जानकारी दिए । गएको वर्ष काठमाडौँका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij