प्रकाशित मिति : मङ्लबार, मंसिर २४, २०७६
बाजुरामा वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको जगन्नाथ गाउँपालिकामा रहेको काउचाझुलाकाटिया सामुदायिक वनमा लागेका आगो निभाउने क्रममा वडा नम्बर १ का १५ वर्षीय किशोर रती बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।
आगो निभाउने क्रममा लडेर घाईते भएका विकको कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ। शुक्रबार जलेर घाईते विकको शनिबार मृत्यु भएको हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij