सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

भ्रमण वर्ष २०२० को प्रबर्द्धन गर्ने विदेशी एयरलाइन्सको प्रतिबद्धता

  • प्रकाशित मिति : बुधबार, मंसिर २५, २०७६



  • विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

    नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन नेपाल सरकारको सहयात्री र सहयोगी रुपमा प्रस्तुत हुन आफूहरु तयार रहेको उनीले जानकारी गराएका छन्।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले नेपालको प्रबर्द्धन गर्न तयार रहेको बताएका हुन्।

    मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल भ्रमण वर्ष–२०२० को बिषयमा मन्त्री योगेश भट्टराई र विदेशी एयरलाइन्सहरूको संगठन बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न)का पदाधिकारी सहित विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुबीच छलफल भएको थियो।

    छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीको बिषयमा जानकारी दिंदै विदेशी एयरलाइन्सहरूले गर्नुपर्ने सहयोग र सरकारको अपेक्षा बारेमा धारणा राखेका थिए।

    मन्त्री भट्टराईले विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुलाई एयरलाइन्सहरुलाई भम्रण वर्षको बिशेष ‘प्रमोशन’ गरीदिन आग्रह गरेका थिए।

    ‍उनले मन्त्री भट्टराईले विमानहरुमा नेपाल भ्रमण वर्ष–२०२०सँग सम्बन्धी सामग्रीहरुको छोटो प्रर्दशनी, विमानका यात्रुहरुलाई नेपाल भ्रमण वर्ष–२०२०को बारेमा संक्षिप्त जानकारी र विमानभित्र प्रमोशनका सामग्रीहरु राखीदिन आग्रह गरे।

    यसैगरी मन्त्री भट्टराईले बोर्डिङ्ग पाश, लगेजको स्टीकर लगायतमा नेपाल भ्रमण वर्ष–२०२०को लोगो टाँसेर प्रमोशन गरीदिन आग्रह गरे।

    विदेशी एयरलाइन्सहरूले उठाएका प्राबिधिक, व्यबस्थापकीय र नीतिगत समस्याहरु सुधारका लागि सरकार तयार रहेको उनले जानकारी गराए।

    बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न)का अध्यक्ष टंकनीधि दाहालले विदेशी एयरलाइन्सहरूले भोगीरहेका व्यबस्थापकीय, प्राबिधिक र नीतिगत समस्याहरु समेत राख्दै नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन बार्नमा आबद्ध सबै एयरलाइन्सहरुको सहयोग रहने बताए। बार्नका उपाध्यक्ष भोला थापाले नेपाल भ्रमण वर्ष–२०२०लाई सफल पार्न दायित्व आफूहरुको पनि रहेको भन्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे।

    छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षलाई केन्द्रीत गरेर केही छुट तथा प्याकेजका कार्यक्रमहरु घोषणा गरीदिन आग्रह गरे। उनले विदेशी एयरलाइन्सलाई समस्या हुने कुनै नीतिगत समस्या भए समधानको लाग मन्त्रालय तयार भएको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij