आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीमति बितेको एक दिन बित्न नपाउँदै श्रीमानको पनि मृत्यु

  • प्रकाशित मिति : बुधबार, मंसिर २५, २०७६



  • झापा हल्दीबारीका राई दम्पतिको एकैपटक दाहसंस्कार गरीएको छ । श्रीमति बितेको एक दिन बित्न नपाउँदै श्रीमानको पनि मृत्यु भएपछि दुवैजनाको एकैपटक दाहसंस्कार गरीएको हो ।

    हल्दीबारी २ शम्भुचोकका ७५ बर्षीय हजुरमान राई र ६८ बर्षीया उनकी श्रीमती दिलकुमारीको घरनजीकैको कपुरथानमा किराँती परम्पराअनुसार मंगलबार एकैसाथ अन्त्येष्टी गरीएको छ ।

    मुटुको रोगी श्रीमती दिलकुमारीको उपचार सम्भव नभएपछि काठमाडौँस्थित टिचीङ हस्पिटलले सोमबार राती ३ बजे घरमा फिर्ता पठाएको थियो ।

    यता घरमा रहेका श्रीमान हजुरमानलाई राति पिसाव फेर्न निस्कने क्रममा हृदयघात भएपछि घरमा रहेकाले उनी छट्पटिएको समयमै थाहा पाउन सकेनन् , परीवारका अन्य सदस्यले थाहा पाउने बित्तिकै उनलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल भर्ना गर्यो । यस बिचमा घरमा ल्याईपुर्याएको ४ घण्टापछि सोमबार बिहान ७ बजे श्रीमती दिलमायाको मृत्यु भयो ।

    ढिलागरी अस्पताल ल्याएकोले उपचार सम्भव नहुने भन्दै हजुरमान राईको पनि मंगलबार बिहान अस्पतालले घर फर्कायो । घरमा ल्याएको केहि घण्टा बित्न नपाउँदै बिहान ५ बजे उनको पनि मृत्यु भएपछि श्रीमान श्रीमती दुवैको एकैपटक मंगलबार दाहसंस्कार गरीएको छ । राई दम्पत्तिको दुई छोरा र ५ छोरी रहेको स्थानीय अर्जुन राईले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij