सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आगामी तीन दिन मौसम पूर्वानुमान : उल्लेखनीय मौसमी परिवर्तन नहुने, शुक्रबार पश्चिममा हल्का वर्षा

  • प्रकाशित मिति : बुधबार, पुस २, २०७६



  • काठमाडौँ । आज नेपालका पूर्वी भूभागमा आंशिक वदली रही पश्चिम र मध्य तराईका केहि स्थानमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म कुनै उल्लेखनिय मौसमी परिवर्तन हुने सम्भावना छैन ।

    आज दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै रातभर देशको पूर्वी र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    त्यसैगरी भोलि बिहिबार दिउँसो देशको पश्चिमि भूभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने रातभर देशभर आंशिक बदली रहने छ ।

    यो साताको शुक्रबार दिउँसो देशको पश्चिम र मध्य भुभागलगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य र बाँकी भूभागमा आंशिक बदली रहनेछ । पश्चिम भेगका एक दुइ स्थान मा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाको अनुमान छ । सोही दिन राति भने देशभर आंशिकदेखि सामान्य वदली रहनुका साथै पश्चिम भेगका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij