सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पाँच सयभन्दा बढी विद्यार्थी रहेको विद्यालयमा पिउने पानीको अभाव

  • प्रकाशित मिति : शनिबार, पुस ५, २०७६



  • जाजरकोट । पाँच सयभन्दा बढी विद्यार्थी रहेको भेरी नगरपालिका–११ जगतीपुरस्थित शिवशङ्कर माध्यमिक विद्यालयमा पिउने पानी विद्यार्थीले घरबाट ल्याउने गरेका छन् । विद्यालयमा पिउने पानी नहुँदा विद्यार्थीले दैनिक घरबाट बोतलमा पानी लिएर आउने गरेको वडाध्यक्ष भवानीप्रसाद शर्माले बताए। आफ्नो वडाभित्र पानीको मुहान नभएका कारण विद्यालयमा पानी ल्याउन नसकिएको हो । पिउने पानीसम्म नहुने विद्यालयमा शौचालय प्रयोग गर्नसमेत समस्या भएको शिक्षकहरुले प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई सुनाएका थिए । विद्यालय अनुगमन तथा निरीक्षणमा शुक्रबार जानुभएका प्रजिअ पन्तलाई शिक्षक तथा विद्यार्थीले उक्त गुनासो गरेका हुन् ।

    खानेपानीको मुहान नभएका कारण विद्यालयमा पानी आपूर्ति गर्न नसकिएको वडाध्यक्ष शर्माले बताए। उनले भने, “विद्यालयमा खानेपानी ल्याउने इच्छा त छ नि ? तर हाम्रो सानो बजेटले त्यो अर्को वडाबाट पानी ल्याउन सम्भावना छैन ।” गाउँमा समेत खानेपानीको हाहाकार छ । “गाउँदेखि तल रहेको सानो पानीको मुहानबाट पानी ल्याउन आधा घण्टा लाग्छ”, स्थानीयवासी रामबहादुर आचार्यले गुनासो गरे । उनले भने, “छोराछोरी विद्यालय जाँदा झोला, कापी–कलमका साथै पानीको बोतलसमेत लिएर जाने गरेका छन् ।”

    विद्यार्थीहरुले लिएको पानीसमेत सकिँदा तिर्खा लागेर हैरान हुने गरेको पीडा सुनाउँछन् । “नजिक घर भएका साथीको घरबाट थप पानी ल्याउनुहुन्छ, नभएका गाउँमै गएर पानी मागेर पिउने गर्दछन्”, कक्षा ७ मा अध्ययनरत छात्रा गीता आचार्यले भनिन्, “दैनिक पानी मागेर पिउँदा दिक्क लाग्ने गर्दछ, गाउँलेले पनि टाढाबाट बोकेर ल्याएको पानी सधैँ दिँदा दिक्क मान्छन् होला ।”

    पानी र शौचालयलगायतका समस्याले गर्दा विद्यार्थी आधा समय मात्र विद्यालयमा बस्ने गरेको शिक्षक बताउँछन् । विद्यालय अनुगमन गर्न पुगेका प्रजिअ पन्तसँग शिक्षकको गुनासो एउटै थियो, “विद्यालयमा ५०० विद्यार्थीमध्ये मुस्किलले तीनसय जति उपस्थित हुने गरेका छन्, आएका पनि पूरै समय विद्यालयमा नबसी घर जान्छन् ।” विद्यालय उपस्थित नहुनेमा अधिकांश दलित समुदायका विद्यार्थी रहेको सहायक प्रधानध्यापक नारायण रोकायले जानकारी दिए ।

    शिक्षकको गुनासो सुनेपछि प्रजिअ पन्तले शैक्षिक सुधारका लागि नौ सुझाव दिएको जानकारी दिए। विद्यालयमा कार्यरत शिक्षक नियमितरूपमा आई जिम्मेवारी पूरा गर्ने, विद्यालयको सरसफाइ सन्तोषजनक नभएकाले सरसफाइमा ध्यान दिई स्वच्छ, सफा वातावरण सिर्जना गर्ने, खानेपानीको समस्या हल गर्न विद्यालयमा पानी जम्मा गरेर राख्नेलगायतका सुधार योजना निर्माण गरी कार्यन्वयन गर्ने, विद्यार्थीको शैक्षिक उपलब्धि तयारी गरी सिकाइ उपलब्धिमा वृद्धि गर्ने, शौचालयमा पर्याप्त पानीको व्यवस्थासहित नियमित पानीको व्यवस्था गर्ने, पुस्तकालयको पर्याप्त व्यवस्था गर्ने, विज्ञान प्रयोगशालालाई व्यवस्थित गरी प्रयोगमा ल्याउने र सबै मिलेर विद्यालयलाई नमूना विद्यालयको रूपमा विकास गर्नेलगायतका सुझाव दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij