सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सङ्घीय निजामती सेवाको विधेयकमाथिको छलफल जारी

  • प्रकाशित मिति : मङ्लबार, पुस ८, २०७६



  • काठमाडौं । निजामती कर्मचारीलाई पुल दरबन्दी वा अन्य कुनै पनि किसिमले अन्य कुनै पदमा खटाइएको वा नियुक्त गरिएको कारणले मात्र त्यस्तो दरबन्दी रिक्त मानी त्यसमा पदपूर्ति गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा आज उक्त सहमति जुटाएको हो ।

    समितिका अनुसार स्थायी पदमा बहाल रहेको कर्मचारीलाई पुल दरबन्दी वा अन्य कुनै पनि किसिमले कुनै स्थानमा पदाधिकार राखी कुनै निकायमा खटाइएको वा कूटनीतिक नियोग वा अन्य कुनै पदमा नियुक्त गरिएको कारणले मात्र त्यस्तो दरबन्दी रिक्त मानी कुनै पनि व्यहोराले पदपूर्ति गर्न पाइने छैन । समिति सभापति शशी श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा सांसदहरुले निजामती सेवामा विशिष्टिकृत विज्ञताका लागि क्लष्टर यथावत राख्नुपर्नेमा जोड दिएका थिए ।

    बैठकमा अधिकांश सांसदहरुले कल्याणकारी राज्यको अवधारणाअनुसार निजामती सेवाका कार्यालय सहयोगी, चालकलगायतका श्रेणीविहीन पदमा पनि स्थायी नियुक्ती गर्नुपर्ने सुझाव दिएका थिए । केही सांसदहरुले भने तल्लो तहमा करारमा सेवा लिने भए माथिल्ला अधिकृत तहमा पनि केही प्रतिशत करार कर्मचारी राख्नुपर्ने सुझाव दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij