प्रकाशित मिति : बुधबार, पुस २३, २०७६
मधुकर पाण्डे, काठमाडौं । नेपाल विद्यार्थी संघले प्रस्ताविक सूचना प्रविधी विधेयक विरुद्ध विरोध सभा गर्ने भएको छ ।
आउँदो पुष २४ गते बिहिबार दिउँसो १२:३० बजेदेखि विरोध सभा गर्ने नेविसंघले जनाएको छ। विरोध कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य नविन्द्रराज जोशी, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवा नेता गगनकुमार थापा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल लगायतले उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्ने नेविसंघका नेता निरन्जन थापाले जानकारी दिएका छन् ।
हालै संसद्को विकास तथा प्रविधि समितिले बहुमतले पारीत गरेको सूचना प्रविधि विधेयक २०७५ले सरोकारवाला माझ बहस सिर्जना भएको छ । धेरैले यो विधेयकलाई सरकारको दम्भको उपजको संज्ञा दिएका छन् ।।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij