सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

२४ वर्षीय दिलीप महतोलाई टिपरले किचेर निधन

  • प्रकाशित मिति : शनिबार, पुस २६, २०७६



  • जनकपुरधाम । मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतो भोपालमा इन्जिनिरिङ पढ्दै थिए । तर विदामा घर आउँदा राजनीतिक विषयहरुमा चासो राख्थे, नगरपालिकाको काम कारबाहीबारे सोधीखोजी गर्थे । गाउँलाई जोखिममा पारेर नदी तथा खोलाहरुमा अवैध उत्खनन भएकोमा विरोध गर्थे । उनकै अगुवाईमा युवाहरुले आन्दोलन गरेपछि स्थानीय खोलामा अनियन्त्रित उत्खनन रोकिएको थियो ।

    नगरपालिकाले मेसिन प्रयोग नगर्ने गरी ४ करोड ५१ लाख रुपैयाँमा नदीजन्य गिट्टी बालुवा उत्खनन गर्न ठेक्का दिएकझ थियो । नगरपालिकाले मेसिन प्रयोग गर्न रोक लगाए पनि क्रसर उद्योगले रातको समयमा खोलामा मेसिन चलाउँथे । मेसिन प्रयोग गरी गिट्टी बालुवा उत्खनन गर्नेमा चुरियामाई बालुवा प्रशोधन उद्योग अगाडि थियो, जसको सञ्चालक विपिन महतो हुन् । केही दिनअघि मात्र विदामा घर आएका दिलीपले चुरियामाई उद्योगको बदमासी थाहा पाए । उनले साथीहरुसँग छलफल गरे, त्यसको विरोध गरे ।

    दिलीपका बुवा कृष्णा भनिने रामजीवन महतोका अनुसार विपिनले भने तीन दिन अघि मात्र ‘छोरालाई सम्झाइहाल, कतिखेर (ज्या/न) जान्छ थाहा छैन’ भन्दै ध/म्क्याएका थिए । महतोका अनुसार उनले ५ कठ्ठा जग्गा क्रसर उद्योगी विपिनले भाडामा लिएका थिए । भाडावापतको २५ हजार रुपैयाँ लिन बाँकी थियो । त्यही पैसा लिन जाँदा विपिनले रामजीवनलाई ध/म्की दिएर पठाएका थिए ।

    उनले यो कुरा छोरा दिलीपलाई पनि भन्नसमेत भ्याएका थिएनन् । शुक्रबार विहान करिव ४ बजेतिर दिलीपलाई उनका साथी रोशन यादवले बोलाएर लगेका थिए । त्यही विपिनको क्रसर उद्योगमा टिपरले किचेको ‘ह/त्या’ भयो । आफूलाई फोन गरेर घ/टनाबारे जानकारी दिइएको भन्दै वडा नम्बर ५ का वडाध्यक्ष श्यामबाबु यादव भन्छन्, ‘म दौडिएर पुग्दा सबै भागिसकेछन्, रोशनमात्र त्यहाँ थियो ।’ त्यसपछि आफूले प्रहरीलाई खबर गरेको र प्रहरीले मुचुल्कासमेत नगरी शव उठाएको उनले सुनाए ।

    चौकीमा आएपछि मैले कसरी घ/टना भयो भनेर रोशनलाई सोधेको थिएँ’ वडाध्यक्ष यादव भन्छन्, ‘उनले बताएअनुसार क्रसरमा लाइटहरु अफ गरिएको थियो रे । उनी पछाडि र दिलीप अगाडि गएका थिए रे ।’ दिलीपलाई टिपरले किचिसकेपछि थाहा पाएको र एम्बुलेन्स बोलाउन आग्रह गर्दा क्रसरका सबै भागेको रोशनले आफूलाई बताएको वडाध्यक्ष यादवको भनाइ छ । घ/टना हेर्दा आफूलाई पनि दिलीपलाई जानीजानी मारेको भन्ने लागेको उनले सुनाए । तर दिलीपका परिवारका सदस्य भने रोशन, वडाध्यक्ष यादव र प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार यादव पनि क्रसर उद्योगी विपिनसँग मिलेको आरोप लगाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij