प्रकाशित मिति : शनिबार, पुस २६, २०७६
आज पौष शुक्ल पूर्णिमा,आज देखि माघ महात्म्य तथा श्री स्वस्थानीको ब्रतकथा प्रारम्भ हुने दिन हो।शुद्ध चित्त स्वच्छ संकल्प लिएर गरिएको कामना पूर्ण हुन्छ भन्ने ज्ञान श्री स्वस्थानी कथाबाट प्राप्त गर्न सकिन्छ।
श्रीस्वस्थानी ब्रतकथा भगवान शिव जी को ज्येष्ठ सुपुत्र कुमार र अगस्त्यमुनी वीचको वार्तामा आधारीत कथा प्रसंग हो। ३१ अध्याय रहेको श्रीस्वस्थानी कथा पर्व पौष शुक्ल पूर्णिमाको दिन शुरु भएर माघ शुक्ल पूर्णिमाको दिन समाप्त हुन्छ । हिन्दु परम्परा अनुसार प्रत्येक दिन साँझ श्रीस्वस्थानी कथा श्रबण गरिन्छ।
सतिदेवी दक्ष प्रजापतिकी छोरी हुन् । दक्ष प्रजापतिले अन्य देवगणहरुको अगाडि आफ्नो पति आराध्यदेव भगवान शिवको अपमान गरेपछि आफ्नो पति प्रति गरिएको अपमान सहन नसकी आफैँ अग्निकुण्डमा हामफालेर देहत्याग गर्दछिन् ।
महादेवले सतीदेवीको जल्दै गरेको शरीरलाई भावविह्वल भई काँधमा बोकी संसार परिक्रमा गर्नु हुन्छ र सतिदेवीको जहाँ जहाँ अंग पतन हुन्छ(खस्दछ), त्यहाँ त्यहाँ शक्तिपीठ उत्पन्न हुन्छ।यसै अनुरुप सतिदेवीको अन्तिम अंग खसेको स्थान गुहेश्वरी मानिन्छ ।
श्रीस्वस्थानी कथामा गोमा ब्राम्हणीको बृद्व ब्राम्हण सँग भएको विवाह प्रसंगले बाल विवाहको संकेत गर्दछ, साथै हिमालय पुत्री पार्वतीले भगवान शिव पती पाऊँ भनी ब्रत गरेको र सोहि ब्रतको प्रभावले पार्वतीले महादेव पती प्राप्त गरेको प्रसंग पनि श्रीस्वास्थानी कथामा पाईन्छ। यस बाहेक थुप्रै व्यवहारीक ज्ञान,नारीशक्तिको बर्णन र ब्रम्हाण्ड सृष्टि र संचालनको बर्णन श्रीस्वस्थानी कथामा पाईन्छ ।
माघ शुक्ल पूर्णिमासम्म काठमाण्डौको साँखु स्थित सालीनदीमा गई भक्तजनहरुले स्नान गर्ने गर्दछन्,साथै विभिन्न नदिमा स्नान गरि शुद्द भई बिभिन्न शक्तिपीठहरुमा गई पूजाअर्चना गरि श्री स्वस्थानी माताको व्रत गरिन्छ ।
जय श्री स्वस्थानी माता !
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij