प्रकाशित मिति : बिहिबार, माघ २, २०७६
काठमाडौँ । चावहिलमा बसबाट ओर्लने क्रममा एक महिला लडेकी छन् । मुगुको केरी गाविस–६ घर भएकी २२ वर्षीय कला सञ्जेल लडेकी हुन् ।
मुगुबाट आएको मध्य उपत्यका यातायात व्यवसायी समितिद्धारा सञ्चालित बा२ख ३३८१ नम्बरको बसको ढोकाबाट ओर्लने क्रममा सञ्जेल लडेकी प्रहरीले जनाएको छ ।
गौशाला प्रहरीका अनुसार बसबाट लडेकी कमलाको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते कमलाको मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ ।
कमलाको आफन्तहरुलाई घटनाबारे जानकारी गराइसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij