सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

‘बाल प्रेमविवाह’ किशोरीहरुको लागि श्राप बनिरहेछ

  • प्रकाशित मिति : आइतवार, माघ ५, २०७६



  • काठमाडौं (एएफपी)। किशोरी आशा चर्ती कार्कीले आफ्ना अभिभावकलाई आफू पढ्न जान लागेको बताइन् तर उनी आफ्ना ब्वाइफ्रेण्डसँग भागिन् । आशा नेपालमा सानैमा बिहे गर्नेहरुको बढ्दो संख्यामध्येकी एक किशोरी हुन् । ‘गाउँमा हाम्रो बारेमा हल्ला चलेको थियो र मेरो घरमा यसबारे झगडा भइरहन्थ्यो । मलाई लाग्यो मसँग भाग्ने बाहेक अर्को विकल्प छैन’ पश्चिमी सुर्खेतस्थित आफ्नो घरमा कार्कीले एएफपी समाचार एजेन्सीसँग भनिन् ।

    नेपालमा बालविवाहको दर निकै उच्च छ । यद्यपि यहाँ बालविवाह विगत ५० वर्षदेखि प्रतिबन्धित छ र यहाँ विवाह गर्ने कानुनी रुपमा वैध उमेर २० वर्ष हो । नेपालको सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार अहिले २५ देखि ४९ वर्ष उमेर भएका ५० प्रतिशत महिलाहरुले आफ्नो १८ औं जन्मदिनसम्ममा बिहे गरिसकेका थिए । यहाँ परम्परागत रुपमा बिहे अभिभावकले गराइदिन्थे । उनीहरुमध्ये केहीले साँस्कृतिक कारण र केहीले गरिबी कारण देखाउँदै सन्तानलाई विवाहको लागि दबाब दिन्थे ।

    अहिले यस्ता विवाहहरु अस्वीकार गरिन लागेको छ तर बाल अधिकारकर्मीहरुले भने ‘प्रेम विवाह’को नाममा कलिला उमेरका जोडीहरु भागिरहेकोतर्फ सचेत गराएका छन् । २०१४ मा बालविवाह रोक्नको लागि कार्यरत एक गैर सरकारी संस्थाको अभियानले गरेको सर्वेक्षणअनुसार कम उमेरका जोडीमध्ये एक तिहाइ आफूखुसी विवाह गरेका जोडीहरु पाइएका थिए र यो क्रम बढिरहेको छ ।

    ‘यस्तो अभ्यासले हामीलाई र सरकारलाई एउटा चुनौती खडा गरिदिएको छ । हामीले अभिभावकलाई त यसबारे बुझाउन सक्छौं तर आफूखुसी बिहे गर्ने कम उमेरका किशोर किशोरीहरुलाई यस विषयमा बुझाउन निकै कठिन छ’ गर्ल्स नट ब्राइड नेपालका आनन्द तामाङले एएफपीसँग भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij