सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आमाबुवासँग सुमधुर सम्बन्ध कायम कसरी राख्ने ? आमाबुवाको भावना बुझौं,,,,,

  • प्रकाशित मिति : मङ्लबार, माघ ७, २०७६



  • संसारमा यस्ता पात्र को होलान्, जो तपाईंको प्रगतिमा खुसी हुन्छन् । तपाईंको सुखको कामना गर्छन् । तपाईंको उन्नतीले प्रफुल्ल हुन्छन् । ति पात्र तपाईंका आमाबुवा हुन् ।

    आमाबुवाले कहिले पनि छोराछोरीको कुभलो सोच्दैनन् । छोराछोरीको उन्नती, सुख र खुसीमा नै आमाबुवाले परम सन्तुष्ट हासिल गर्छन् ।

    तर, आमाबुवाको भावनालाई छोराछोरीले बुझ्दैनन् । आमाबुवा के चाहन्छन् ? छोराछोरीले ख्याल गर्दैनन् । आमाबुवाले दर्शाउने माया, ममतालाई उनीहरुले लत्याइदिन्छन् । यही कारण छोराछोरी र आमाबुवावीच अहिले दूरी बढ्दो छ ।

    हरेक सम्बन्धभन्दा माथि र अटूट हुन्छ, आमाबुवासँगको सम्बन्ध । यसलाई चाहेर पनि कसैले तोड्न सक्दैन । तर हिजोआज कतिपय छोराछोरीले आमा-बुबाप्रतिको आफ्नो कर्तव्यलाई बिर्सिंदै गएका छन् । त्यस्ता विभिन्न कारणहरु हुन्छन्, जसले गर्दा आमा-बुबासँग छोराछोरीको सम्बन्ध विग्रन सक्छ ।

    आखिर कसरी आमाबुवासँग सुमधुर सम्बन्ध कायम राख्ने ? कसरी आमाबुवाको भावनालाई बुझ्ने

    भावना बुझौं

    आफ्नो आमा-बुबाको भावनालाई बुझ्ने प्रयास गरौं, जसका कारण तपाईं उनीहरुलाई खुशी प्रदान गर्न सक्नु हुन्छ । सन्तानबाट खुशी पाउनु आमा-बुबाको अधिकार पनि हो । तपाईले विभिन्न कुराहरुम सम्झौता गर्नु पर्ने हुन्छ, जसले तपाईंहरुको सम्बन्धमा सुधार ल्याउन सक्छ ।

    आफ्नो प्रतिक्रिया दिने

    यदि तपाईं आफ्नो आमा-बुबासंगको सम्बन्धलाई सुधार्न चाहनु हुन्छ भने तपाईंले उनीहरुसंग कुरा गर्नु आवश्यक हुन्छ । उनीहरु स्वयं आएर कुरा गरुन् भन्ने कुराको कहिल्यै पनि प्रतिक्षा गर्नु हुँदैन । तपाईंले आफ्नो आमा-बुबालाई आफुले कति माया गर्ने र आफुलाई उनीहरुको कति चिन्ता छ भन्ने कुरा बताउनु तपाईको कर्तव्य हो ।

    आमा-बुबाको कुराको सम्मान राख्ने

    यदि तपाइर्ं आफ्नो आमा-बुबाको कुनै कुरामा सहमत हुनु हुन्न भने यसको बारेमा कहिल्यै पनि तपाईंको आमा-बुबालाई थाहा दिनु हुँदैन । त्यसो गर्नाले उनीहरुको भावनामा ठेस पुग्न सक्छ र तपाईंहरुको सम्बन्धमा सुधार आउनु भन्दा झन बिग्रन सक्छ । त्यसैले उनीहरुको हरेक कुरा र निर्णयको सम्मान गर्नु आवश्यक छ ।

    सराहना गर्ने

    आमा-बुबाले गरेका हरेक कुराको सराहना गर्नु आवश्यक छ । हरेक सुख दुःखमा सधैं तपाईंको आमा-बुबा तपाईंसंगै उभिन्छन् । तपाईंका आमा-बुबाले तपाईंका लागि गरेका हरेक कुराहरु, जसलाई शब्दमा परिभाषित गर्न सकिंदैन, ती कुराहरुलाई सधैं तपाइर्ंले महसुस गर्नु पर्छ । आफ्नो सम्बन्धमा सुधार ल्याउनका लागि तपाईंले आफ्ना आमा-बुबाका हरेक कामलाई कति सम्मान गर्नु हुन्छ भन्ने कुरा अनुभव गराउनु आवश्यक छ । यसले तपाईंको सम्बन्धलाई सुधार्न सहयोग पुर्‍याउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij