सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

टिप्परको ठक्करबाट भुवन के. सी.को मृत्यु

  • प्रकाशित मिति : शनिबार, माघ ११, २०७६



  • नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोटमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार टिपरको ठक्करबाट रूपन्देहीको बुटवल शीतलनगर बस्ने ३५ वर्षीय भुवन केसीको निधन भएको हो ।

    बा. ६७ प. ७८८२ नम्बरको मोटरसाइकलमा सवार के.सी.लाई गैंडाकोट–८, मौलाकालीका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिप्परले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते के.सी.लाई उपचारका लागी जिल्ला अस्पताल चितवन लगिएकोमा त्यहीँ उनको निधन भएको प्रहरीले जनाएको छ ।

    सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैंडाकोट–५ का २६ वर्षीय शशि कपुर के.सी.काे अवस्था गम्भिर रहेकाे छ । उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको बताइएको छ । ठक्कर दिने टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij