सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

  • प्रकाशित मिति : बिहिबार, माघ १६, २०७६



  • बैतडी । बैतडीसहित सुदूरपश्चिमका उच्च पहाडी भूभागमा हिमपात भएको छ । बुधवार हिमपात भएसंगै यो वर्ष यहाँ पाचौंपटक हिमपात भएको हो ।

    गत मंसिरको अन्तिम साता सुदूरपहाडमा पहिलोपटक हिमपात भएको थियो ।

    बुधवार जिल्लाको दशरथचन्द राजमार्ग अन्तरगत खोडपे, सतबाँझ, जयपृथ्वी राजमार्गको श्रीभावर, ढोल्यामोड क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ ।

    यसका साथै जिल्लाका अन्य स्थानमा पनि हिमपात भएको छ । पाचौंपटकको हिमपातले अत्याधिक चिसो बढेको छ । चिसोका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

    सुरुको वर्षा र हिमपातले बालीनालीलाई फाइदा पु¥याएको भएपनि यस वर्ष लगातार वर्षा र हिमपात हुँदा फलफूल र गहुँबालीमा क्षति पुगेको किसानको भनाइ छ ।

    हिमपातका कारण जिल्लाको दुर्गम सिगास गाउँपालिकाको कामकाजसमेत प्रभावित भएको छ ।

    हिमपातले गर्दा चिसो बढेकाले न्यानो लुुगा लगाएर झोलिलो खाने कुरा खान स्वास्थ्य कार्यालय बैतडीले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij