सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बसले अटोलाई ठक्कर दिँदा एकजनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, माघ १७, २०७६



  • हेटौँडा, माघ १७ । हेटौँडा–नारायगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–११ थानाभयाङमा शुक्रबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा हेटौँडा–३ बस्ने ३५ वर्षीय सागर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    हेटौँडा बजारबाट स्थानीय नवलपुरतर्क जाँदै गरेको ना १ क ७००६ नं को सनसाइन इङ्लिस बोर्डिङ स्कुलको बसले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ६२९१ नं को अटोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका पाख्रिनको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टीकाबहाुदर कार्कीले जानकारी दिए ।

    उनका अनुसार, सो दुर्घटनामा परी अटो चालक बैतडी घर भई हाल हेटौँडा– ११ मा डेरा गरी बस्ने ३७ वर्षीय जयबहादुर महरा र मृतक पाख्रिनका छोरा १४ वर्षीय मनोज पाख्रिन घाइते भएका छन् ।

    उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको उपरीक्षक कार्कीले बताउनुभयो । शव परीक्षणका लागि हेटौंँडा अस्पतालमा पठाइएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij