सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

हिँउ विच्छ्याएको मुक्तिनाथ पुग्दा ….

  • प्रकाशित मिति : शनिबार, माघ १८, २०७६



  • भदौ-असोजको समयावधीलाई ‘पर्यटकीय सिजन’ मानिन्छ । यस सिजनमा मौसम खुला र सफा हुनाले हिँडडुल एवं दृश्यावलोकनमा सहज हुन्छ । यस्तै सिजनको मौका छोप्दै म पटक-पटक मुक्तिनाथ उक्लिएको छु । यसपटक भने जाडो सिजनमा मुक्तिनाथको यात्रा थालियो । यो यात्रा मेरो छैंटो पटक थियो । हिँउले सेताम्मे भएको बेला मुक्तिनाथ पुग्दा अरु बेलाभन्दा भिन्न अनुभव भयो ।

    अक्सर म सोचिरहेको हुन्थें कि, हिँउले ढपक्क ढाकेको बेला मुक्तिनाथ कस्तो देखिएला ? यसपाली यहीँ जिज्ञासा मेटियो ।

    यात्रा माघको पहिलो हप्ता सुरु भयो । लप्राकका मित्र गम बहादुर गुरुङ र बेस क्याम टेकका सुनिल श्रेष्ठले मुक्तिनाथ जाने साइत निकाले । मैले दोभाषेको रुपमा यात्राको सहयात्री बन्न पाएँ ।

    मुक्तिनाथको बखान धेरै गरिरहनुपर्दैर्न । देश-विदेशमा यसको ख्याती छ । मुक्तिनाथ नजिकै अर्को आकर्षक गन्तव्य छ, जोग । जोगका सम्बन्धमा भने त्यती प्रचार भएको छैन, जति हुनुपथ्र्यो । यसपाली हामी मुक्तिनाथ हुँदैजोगसम्म पुग्ने जमार्को गर्दैछौं ।

    हाम्रा यात्रामा फ्रान्स टीभीका १२ जना पत्रकार छन् ।

    पहिलो दिन काठमाडौंदेखि पोखरा हवाइजहाज, तत् पश्चात जोमसोमसम्म सवारीमा । जोमसोमदेखि कागवेनीसम्म जिपमा गयौं । त्यसपछि भने हिउँले हाम्रो बाटो छेक्यो । हामी जोङसम्म घोडामा जाने भयौं । ‘सेक्रेट पाथ’ नामक वृत्तचित्र छायांकनका लागि जोङ पुगेको हामी तीनसम्म जोगमा नै बस्यौं ।

    हिउँले गाउँ ढपक्क ढाकेको छ । जोङ गाउँबाट धौलागिरी हिमाल मनमोहक देखिन्छ । जोङ गाउँ कला संस्कृतिका हिसावले पनि निकै धनी रहेछ । यहँाका गुम्बाहरु निकै पुराना रहेका छन् ।

    जोङ मुक्तिनाथ क्षेत्रको पर्यटकीय सम्भावना बोकको क्षेत्र हो । करिब ४० घर रहेको जोङ गाँउ पुग्न कागवेनीदेखि सवारी साधनमा २० देखि २५ मिनेट लाग्छ ।

    सवारी साधनमा सहजै पुग्न सकिने भएका कारण पनि यो सम्भावाना बोकेको क्षेत्र हो । यहाँदेखि सुन्दर हिमालका दृश्यहरु अवलोकन गर्न सकिन्छ । तर जती चर्चा हुनुपर्ने हो भएको छैन । अब हामी यसको प्रर्वद्धनमा जुटेका छौं ।

    हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने अन्य समयमा यहाँको सुन्दरता पनि लोभलाग्दो छ । यो क्षेत्रमा बर्षौं पुराना गुम्बाहरु भएका कारण धार्मिक हिसावले महत्वपूर्ण मानिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij