प्रकाशित मिति : आइतवार, माघ १९, २०७६
सागर ओली, विदुर नुवाकोट । २८५६ औँ सोनाम ल्होछारको अबसरमा तार्केश्वर गाउपालिकाको वडा नं १ जब्बरेचौरमा बृहत साँस्कृतिक कार्यक्रमको उद्घाटन कांग्रेस नेता रमेशकुमार महतले उद्घाटन गरि सम्पन्न भएको छ ।
तार्केश्वर कला समाज नुवाकोटले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रममा नेपाली काँग्रेस महासमिती सदस्य रमेशकुमार महतले गाउँगाउँमा आयोजना गरिएको तामाङ साँस्कृतिक कार्यक्रमले तामाङ भेषभूषा, भाषा, कला संस्कृतिको संरक्षण गर्न मद्दत मिलेको बताउँदै नेपाल बहुभाषिक,बहुजाति र बहु धार्मिक मुलुक हो यहाँ भएका सवै धर्म,संस्कृति र रितिरिवाज सबै नेपालीको साझा सम्पत्ति भएको वताउनु भयो ।
उहाँले तार्केश्वर गाउँपालिकाको समग्र बिकासको लागी बिगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा काँग्रेस जिल्ला सदस्य सुनमायाँ तामाङ, गिरिजा प्रसाद फ़ाउंडेशनका अध्यक्ष रमेशकुमार पाठक,नेपाल तमाङ घेदुगं संघ नुवाकोटका अध्यक्ष जयमान तामाङ, तारकेश्वर गाउँपालीकाका वडा अध्यक्ष ज्ञानेन्द्र तामाङ ,रेडक्रस नुवाकोटका पूर्वउपसभापति राजकुमार भट्टराई, काँग्रेस नेता शिव अधिकारी,दयानिधी अधिकारी लगायतले ल्होछार पर्वलाई सबै समुदायको साझा पर्वको रुपमा मनाएर राष्ट्रिय पर्वको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
हाम्रो गौरब हाम्रो शान, कला संस्कृतिको बिकास कलाकारहरुको उत्थान भन्ने नाराका साथ सम्पन्न भएको बृहत ल्होछार कार्यक्रममा राजकिग बाईबा, रोशन फ्युबा, शैलाप बाईबा, आरम्भ तामाङ, यम बि गुरुङ, आशिक गोम्जा, चिजा तामाङ लगायतका स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुले साँस्कृतिक कला प्रस्तुत गरेका थिए ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij