सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, माघ २९, २०७६



  • पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुधबार एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्कुटरको पछाडि सवार बेलबारी नगरपालिका–१ बस्ने ५९ वर्षीय दिलबहादु खड्का रहेका छन् ।पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ८६८० नम्बरको ट्रकले को४०प ११७ नम्बरको स्कुटरलाई बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दिलबहादुरको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । ट्रकको ठक्करबाट स्कुटर चालक सोही ठाउँ बस्ने ५५ वर्षीय नरबहादुर खड्का पनि घाइते भएका छन् ।ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिइएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij