सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बिहे गरेर फर्केका बेहुला बाटोबाटै बेपत्ता, आफ्नै टाइले रुखमा झुण्डिएको लाश भेटियो

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १, २०७६



  • काठमाडौं। बिहे गरेर बेहुली लिएर घर फर्कंदै गरेका बेहुला बाटोबाटै बेपत्ता भए । फर्किने क्रममा बाटोमा केही खानको लागि उनीहरु एउटा ढाबामा रोकेका थिए । त्यसपछि बेहुला शौचालय गए । उनी नफर्किएपछि रातभर उनको खोजी भयो । बिहान बेहुलाको शव एउटा रुखमा संदिग्ध अवस्थामा उनकै टाइले झुण्डिरहेको भेटियो । आज तकको समाचार अनुसार घटना उत्तर प्रदेशको मुरादाबाद जिल्लाको हो ।

    सोमबार राती उनी जन्तीसहित बेहुली लिएर फर्कदै थिए । जनपद अमरोहाको कुआंढाली गाउँमा २२ वर्षका दुश्यन्त गिरीको बिहे बरेली जिल्लाको कुतकारपुर गाउँकी आशासँग सोमबार धुमधामका साथ भएको थियो । त्यसपछि दुश्यन्त बेहुली लिएर फर्कदै थिए । उनको कारमा दुश्यन्तका बेहुला बेहुली, उनका दाजुका साथै दुई फोटोग्राफर पनि थिए । ढाबामा कार रोकेपछि बेहुलीसमेत सबै खाजा खान थालेका थिए भने दुश्यन्त शौचालय गएका थिए । जहाँबाट उनी अचानक बेपत्ता भए ।

    उनले आत्महत्या गरेका हुन् वा हत्या भन्ने प्रस्ट भइसकेको छैन । पुलिसले दुवै दिशामा अनुसन्धान अगाडि बढाएको छ । परिवारले समेत घटनाको कारण अनुमान गर्न सकेका छैनन् । पुलिसले शवलाई पोस्टमार्टमको लागि पठाएको छ । पोस्टमार्टमपछि थप खुलासा हुन सक्ने पुलिसले अपेक्षा गरेको छ । दुश्यन्तको शव उनीहरुले खाजा खान रोकेको ढाबाभन्दा २ किलोमिटर टाढा जंगलमा भेटिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij