प्रकाशित मिति : बिहिबार, फाल्गुन १, २०७६
इटहरी । नेपाल कम्युनिष्ट पार्टी नेकपा ईटहरी उपमहानगर कमिटीले बिहीबार २५ औं जनयुद्ध दिवसकोे अवसरमा ईटहरीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
ईटहरी उपमहानगरपालिका अगाडी भएको रक्तदान कार्यक्रमको सोही पार्टीका केन्द्रिय कमिटी सदस्य तथा प्रदेश १ कमिटीका सचिव हिमाल किराँतीबाट रक्तदान कार्यक्रम शुरुवात गरिएको नेकपा इटहरीका सचिव काशीनाथ दंगालले बताउनुभयो। रेडक्रस धरानको प्राविधिक सहयोगमा संचालन भएको रक्तदान कार्यक्रममा ७२ जना रक्तदाताबाट ७२ पिण्ट रगत संकलन गरिएको सचिव दंगालले जानकारी दिनुभयो ।
त्यसैगरी, जनयुद्ध दिवस कै अवसरमा धरानको भानुचौकमा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सोही रक्तदान कार्यक्रममा ५२ पिण्ट रगत संकलन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटि इन्चार्ज चोत्लुङ्गले जानकारी दिनुभएको छ।
त्यसैगरी सुनसरीको बराहक्षेत्रमा पनि जनयुद्ध दिवस मनाइएको छ । त्यस्तै रामधुनीको लगुना चौकमा पनि जनयुद्ध दिवसको अवसरमा ¥याली तथा कोणसभा गरिएको छ ।
उक्त कोणसभालाई सम्बोधन गर्दै पार्टीका प्रदेश १ सदस्य मुक्सामहाङ्ग मेन्याङ्बो (मुकेश) ले जनयुद्ध नेपालकै राजनीतिक इतिहासमा उथलपुथलकारी परिघटना भएको बताउनु भयो।
उहाँले जनयुद्ध कै कारण नयाँ संविधानमा धर्म निरपेक्षता, समानुपातिक समावेशिता लेखिएको बताउँनुभयो । उहाँले संघीयता आउनमा पनी जनयुद्धको प्रमुख भूमिका रहेको बताउनुभयो।
त्यसैगरी, अनेरास्ववियू सुनसरीले धरान, इटहरी लगायतका सहरहरुमा बिहीबार साँझ दिपावली गरेको छ । उता, नेपाल कम्युनिष्ट पार्टी मोरङले जनयुद्ध र संयुक्त जनआन्दोलनका शहिदहरुलाई श्राद्धान्जली व्यत्त गर्दै २५ औ जनयुद्ध स्मृति दिवस मनाएको छ ।
विराटनगर पाञ्चाली स्थित पार्टी कार्यालयमा नेकपा मोरङले बिहान जनयुद्ध र संयुक्त जनआन्दोलनका शहिदहरुलाई सम्झना गर्दै श्राद्धान्जली व्यक्त गरेर दिवस मनाएको हो ।
जनयुद्ध र संयुक्त जनआन्दोलनका शहिदहरुलाई नेकपा केन्द्रिय सदस्य गुरु बराल, महेश रेग्मी, राष्ट्रिय सभाका सांसद गोपी अछामी एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, समाजिक बिकास मन्त्री जिवन घिमिरे, प्रदेश सांसद धिरेन्द्र शर्मा नेकपा मोरङ अध्यक्ष ऋषी पोखरेल सचिव गणेश उप्रेती सहित कार्यकर्ताहरुले श्राद्धान्जली व्यक्त गर्नुभएक थियो ।
जनयुद्ध दिवसको अवसरमा बुधबार विराटगरमा कोशी साँस्कृतिक प्रतिष्ठानले साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij