सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

दुर्घटना न्युनिकरणका लागि चालकसँग चिया

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २, २०७६



  • रौतहट, फागुन २ । रौतहट प्रहरीले दुर्घटना न्युनिकरणका लागि चालकसँग चिया कार्यक्रम अघि सारेको छ ।

    रातीको समयमा सञ्चालन हुने सवारी साधन केही समय रोकेर आराम गर्न लगाई चालकलाई चिया खुवाउने कार्यक्रम रौतहट प्रहरीले अघि सारेको हो ।

    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक कार्यालय र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजनामा चन्द्रपुर नगरपालिकाको बागमतीमा चालकसँग चिया कार्यक्रम गरिएको छ ।

    लामो दुरीमा सवारी साधन चलाउँदा चालक निदाउनाले दुर्घटना बढेको भन्दै यो कार्यक्रम अघि सारेको प्रहरीले जनाएको छ ।

    दुर्घटना न्युनिकरणका लागि केही बेर चालकलाई सवारी साधन रोक्न लगाई आरामका साथ चिया खुवाएर गन्तव्यतर्फ जान अनुरोध गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय रौतहटका प्रमुख शैलेश न्यौपानेले जानकारी दिए ।

    चिया खुवाउँदाको समयमा ट्राफिक प्रहरी र चालकबीच ट्राफिक ज्ञानबारे सिकाउनु सराहनीय रहेको रात्रीबस सेवाका चालक रमेश थापाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij