सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पत्रिका बेच्दै पढाइ खर्च जुटाउँदै आएका युवकले गरे आत्महत्या

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ६, २०७६



  • जनकपुर । धनुषामा पत्रिका बेचेर विद्यालय खर्चको जोहो गर्दै आइरहेका एक युवकले आत्महत्या गरेका छन् । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा दैनिक पत्रिकाहरु वितरण गरी अध्ययन खर्च जुटाउँदै आएका मिथिला नगरपालिका वडा नम्बर ६ का १६ वर्षीय विवेककुमार महतोले आत्महत्या गरेका हुन् ।

    महतोको शव आँपको बगैँचामा झुण्डिएको अवस्था फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज प्रहरी निरीक्षक तिर्थकुमार कार्कीले जानकारी दिए । पत्रिका बाँड्दै हिँड्ने यूवक विवेकको शव अचानक झुण्डिएको अवस्थामा भेटिनु रहस्यमय भएको बताउँदै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

    ढल्केवरस्थित महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत्त विवेकले आत्महत्या गरेको हो वा होइन सोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij