आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज कुन राशिको भाग्य कस्तो छ ?

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९, २०७६



  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनि क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुनसक्छ । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरी चेलि माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा गृहकार्यहरु थाती रहनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्नी विच मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाइने तथा विलासी जीवन व्यातित गरी रमाउने समय रहेकोछ । जीवन साथी सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यावसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यले साथ दिने हुदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार विस्तार गरी प्रशस्त रुपैया पैसा कमाउनेछ । नयाँ ठाउको भ्रमण गरी संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपार्ईँको काममा सहयोग हुनेछ ।
    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ । पति पत्नी विच मनमुटाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय अनुकूल नहुनाले आमा तथा परिवारका सदस्यहरु तपार्ईँदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थीहरुले पढाइ लेखाइमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ । राजनीति तथा समाजसेवामा अलि बढी गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषी पेशा अपनाउँने हरुले मनग्गे रुपैयापैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अविस्वास बढ्ने योग रहेको छ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आट आउनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यावसायबाट भनजस्तो आम्दानी नहुने हुदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानो सानो कुरामा राय बाजिनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा श्रीमान श्रीमती विच मनमुटाव बढ्न योग रहेकोछ । पढाइ लेखाइमा प्रशस्त समय दिएपनि सोचेजस्तो नतिजा आउने छैन ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउँन सकिनेछ । तपार्ईँको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरी समाजमा सम्मानित हुनेयोग रहेकोछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा परिवार कै सदस्यहरुबाट सहयोग नपाइने हुदा कामहरु थाती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी विच अविश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तरल पदार्थ तथा पानिसँग सम्वन्धीत व्यापारमा लगानी गरी आम्दानी वढाउँन सकिनेछ । घर परिवारबाट प्रसस्त सहयोग हुने तथा बुवाको सल्लाह मान्दै अगाडी बढ्दा मनग्ने फाइदा हुनेछ । पढाइ लेखाइमा सुधार गर्दै लान सकिनेछ तथा शिक्षा क्षेत्रसँग सम्वन्धीत कामबाट रुपैया पैसा कमाउँन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुदा मन प्रशन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउँने ग्रहयोग रहेकोछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij