सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आमाबुबाले छोडेर गएपछि ११ वर्षीया बालिकाले २ भाइबहिनी पाल्दै, पाए खान्छन् नपाए भोकै सुत्छन्

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६, २०७६



  • सुर्खेत। सुर्खेतको विरेन्द्रनगर नगरपालिकाको भावरटोलमा एक परिवार छ जसको ठूलो अभिभावक भनेको नै ११ वर्षीया बालिका हुन् । आमाले छोडेर गएपछि ११ वर्षीया छोरीले भाइबहिनी हेरेर बसेकी थिइन् । बुवा भारतमा वैदेशिक रोजगारीमा रहेका कारण घरमा साना छोराछोरी मात्र छन्। ११ वर्षको छोरीले भाइबहिनी पालेर बसेकी थिइन् । त्यो अवस्थाको बारेमा भिडियो सार्वजनिक भएपछि भारतमा रहेका बुवा भने अहिले फर्केर आएका छन् । तर उनीहरुको आर्थिक अवस्था भने निकै कमजोर छ । ११ वर्षको छोरीले आफु सहित ४ जनाको भाइबहिनी पालेर बसेकी थिइन् । उनको बुवाले दोस्रो वि’वाह पछि यि चार छोराछोरी जन्मिएका थिए।

    दलबहादुर दमाई नाम बताएका उनले भने पहिलो विवाह गरेको थिए त्यो श्रीमतीवाट छोराछोरी जन्मिएनन् । त्यसपछि दोस्रो विवाह गरेँ । मेरो र श्रीमतीको उमेरको निकै फरक थियो। मेरो उमेर अलि बढी भइसकको थियो घरमा श्रीमती सुन्दर र भर्खरकी थिइन् ।
    youtube.com/watch?v=gE6coLu2YpY&t=6s

    चार छोराछोरी जन्माइन् । चार छोराछोरी र श्रीमतीलाई राम्रो जिवन जिउने बातावरण बनाउँछु भनेर म भारतमा कमाउन गएँ । तर मेरो श्रीमतीले घरमै अरु केटा ल्याउने बस्ने गरेको थाहा पाएँ । भारतमा कमाएको पैसा सबै पठाउँथे आफुले नखाएर बचाएर पढाएको पैसा अरुलाई खर्च गरेर ऋ’ण लगाइछ ।

    म भारतको लद्दाकमा थिए । त्यतीबेला नै श्रीमती साना बालबालिका छोडेर पोइला गइछ । त्यसपछि फर्केर आएर एउटा ९ वर्षको छोरा लिएर फेरी भारत गएँ । अलिकति पैसा कमाएर आउँला र छोराछोरीलाई सजिलो जिवन बनाउँछु भनेर गएको थिए । तर मिडियामा यस्तो देखेपछि फेरी फर्केर आएँ।

    घरमा भएको कुखुरा, बाख्रा, सुनचाँदी सबै बेचेर ऋ’णमा डुवाएर गइछ । म बुढो भइसकेँ अब त्यसरी कमाउन पनि सक्दिन । त्यसैले मेरो त जिवन जसरी पनि काटौंला तर यि छोराछोरीको भविष्यको तपाईहरुको हातमा छ ।

    श्रीमतीले आफु म पुरानो घर जुम्ला जान्छु मलाई सुनचाँदी बनाउन लगाएकी थिइन् । एक पटक पोइला गएकी श्रीमतीलाई पनि उनले छोराछोरीका लागि फिर्ता लिएर आएका थिए । तर उनी फेरी पनि बसिनन् । अहिले कहाँ गइन् कता छन् भन्ने केही थाहा छैन ।

    उनले बर्दियाको चौधरी थरको एक जनाले लिएर गएको बताउँछन् । छोराछोरीको मुख हेरेर पोइला गएको श्रीमती पनि फर्काएर ल्याएको बताए । उनले छोराछोरीको भविष्यका लागि उनी निकै चिन्तित छन्

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij