सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

दुर्घटनामा ४ को मृत्यु

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १८, २०७६



  • काठमाडौं । चितवन, महोत्तरी र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

    चितवनको भरतपुर महानगरपालिका-१० बाईपासमा ना.६ ख १४७५ नम्बरको ट्रक र ना.३१ प ४५८५ नम्बरको स्कुटर शुक्रबार राति एकआपसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका-३ धारापानी बस्ने २० वर्षीय सोबित घर्तीमगरको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका घर्तीमगरको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसैगरी महोत्तरीको महोत्तरी गाउँपालिका-३ स्थित सडकमा पनि टायरगाडाको ठक्करबाट गम्भीर घाइते भएकी रौतहट विश्रामपुर नगरपालिका-१ बस्ने ६५ वर्षीया परेखनी देवीलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वरतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको छ । फरार गाडा र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका-२ स्थित जय चोकमा ना.८ ख ६७ नम्बरको रोकी राखेको ट्रकलाई प्रदेश नम्बर १-०२-००१ ख ८०९१ नम्बरको ट्रकले शनिबार बिहान ठक्कर दिँदा ना. ८ ख ६७ नम्बरको ट्रक चालक चितवन भरतपुर महानगरपालिका-११ बस्ने २८ वर्षीय अजय अधिकारी र सहचालक ३० वर्षीय अंकित जिएमको मृत्यु भएको छ ।

    दुर्घटनामा ट्रक चालक अजयको घटनास्थलमै तथा गम्भीर घाइते भएका सहचालक अंकितको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने प्रदेश नम्बर १-०२-००१ ख ८०९१ नम्बरको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij