सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मोरङमा टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको ज्यान गयो

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २१, २०७६



  • मोरङ । विराटनगर नगरपालिका-१९ मा टिपरको ठक्करबाट गएराति दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रामग्राम-२ बस्ने वर्ष ४० को बाबुराम सरदार र ६ वर्षीय आरही कुमारी सरदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

    घिनाघाट-विराटचौक सडकखण्ड अन्तर्गत मिलनचोकमा पश्चिमतर्फ आउँदै गरेको को १ क २९१७ नम्बरको टिपरले विपरित दिशातर्फ आउँदै गरेको १-००२ ह ८६०६ नम्बरको ट्याम्पोलाई राति साढे नौ बजे ठक्कर दिएको थियो ।

    ट्याम्पो चालक बाबुराम सरदार र आरही कुमारी सरदार हजुरबुबा नातिनी भएको एसपी अधिकारीले बताए ।

    प्रहरीले टिपर चालक सुनसरी रामधुनी नगरपालिका ५ का वर्ष ३२ का हरेराम चौधरीलाई नियन्त्रणमा लिएको छ ।

    आक्रोशित भीडले टिपरमा आगजनी गरेका थिए । घटनास्थलमा प्रहरी पुगी दुवै लाशको पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको प्रहरीले बताएको छ ।

    ‘आज बिहान दुई सय ५० जना जति मानिस घटनास्थलमा भेला भई बाटो अवरोध गर्न खोजेका थिए मोरङकका एसपी अधिकारीले भने, उहाँहरुलाई सम्झाइबुझाई बाटो सुचारु गरेका छौ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij