प्रकाशित मिति : बुधबार, फाल्गुन २१, २०७६
सागर ओली, अर्घाखाँची । पाणीनी गाउँपालिका अर्घाखाँची जिल्लामा पर्दछ। २०६८ सालको जनगणना अनुसार यो गाउँपालिका जनसंख्या २६,७२४ छ । यस गाउँपालिकाको कुल क्षेत्रफल १५१.२५ बर्ग किलोमीटर रहेको छ,समुद्री सतहबाट ६०० देखि २२०० मिटर अग्लो रहेको छ, यो गाउँपालिकाको पुर्बमा पाल्पा जिल्लाको रैनादेबी छहरा गाउँपालिका पर्दछ भने, पश्चिममा सन्धिखर्क नगरपालिका पर्दछ।
त्यसैगरी उत्तरमा छ्त्रकोट गाउँपालिका गुल्मी र छत्रदेब गाउँपालिका अर्घाखाँची पर्दछन। दक्षिणमा सितगंगा नगरपालिका अर्घाखाँची र पाल्पाको रैनादेबी छहरा गाउँपालिका पर्दछन। यहाँको मुख्य पेसा कृषि पशु पंक्षी पालन रहेको छ।यस् गाउँपालिकामा बसोबास गर्ने प्रमुख जातहरुमा बाहुन,क्षेत्री,कुमाल, मगर, मुस्लिम आदि छन भने उनीहरुको प्रमुख धर्म हिन्दु,मुस्लिम र बौद्ध धर्म मान्नेहरुको बसोबास रहेकोे छ।
https://www.facebook.com/jaljalanews/videos/490113228347981/
निर्वाचन भएको ३१ महिनामा आफुले गरेका कामहरु गाउँ पालिकाका अध्यक्ष अच्युत गौतमले दिएको बिवरण यस प्रकार रहेका छन् । गाउँपालिकाका अध्यक्ष गौतम स्वयं कृषक हुनुहुन्छ,उहाँको अहिले पनि मासिक लाखौं आम्दानी रहेकोे उहाँको भनाइ छ उहाँले ६ जनालाई रोजगारी दिएको बताउँनुहुन्छ। अध्यक्ष गौतमले कृषि क्षेत्रको बिकासका लागि ब्यापकरुपमा पहल गरेको उहाँको भनाई छ बजेट पनि आबस्यकता अनुसार छुट्टाएको बताउनुभयो।कृषि उपज संकलनका लागि सीतभण्डारण (cold store) २ करोड ५० लाखमा वडा नम्बर २ पोखरा थोकमा निर्माणाधीन अबस्थामा रहेकोे छ।त्यसैगरी आम्दानीको श्रोत बढाउने उदेश्यले खेर गएको जमीनमा २ लाख ५० हजार बोट तेजपत्ता र ३० हजार बोट दाँते ओखर रोपिएको छ।उत्पादनको आधारमा किसानलाई ३ रुपैया दुधमा प्रतिलिटर दुधको अलग्गै अनुदान स्वरुप प्रदान गरिएको छ। तरकारीको पनि उत्पादनको आधारमा अनुदान दिईने ब्यबस्था मिलाईएको छ, छुर्पी उद्योग संचालनमा आएको छ, दैनिक २२ हजार वटा अण्डा उत्पादन हुन्छ, भने ३० हजार लिटर दुध उत्पादन हुने गरेको छ।।बार्षिक ६ करोडको सुन्तला जातको फलफूल उत्पादन भै निर्यात हुने गरेको छ।
अध्यक्ष गौतमले बिदेश गएका युवाहरूलाई स्वदेश फर्काउन कोशिश गर्ने बताउनुभयो। ऊनीहरुलाई फर्काएर नेपाल मै उनीहरुको जिबिकोपार्जनका लागि गर्न सकिने उहाँले दाबि गर्नु भयो। उहाँले कृषि क्षेत्रबाट मात्रै बिकासको फटको मार्न सकिन्छ,बिश्वासका बिदेशबाट फर्किन सबै आफ्नो गाउँपालिकाका युवाहरूलाई बिश्वास दिलाउन चाहन्छु भन्नुभयो।
त्यसैगरी सबै भाषा संस्कृतिको जगेर्ना गर्ने उहाँको भनाइ छ,उहाँले आफ्नो गाउँपालिका भरी रहेका सबैलाई सम्मान हुने गरि सबै संस्कृतीको जगेर्नामा आफू लागिपर्ने बताउनुभयो । यो पालिका भित्र पाणिनी तपोभुमी र दुर्भाषेश्वर गुफा,हात्तीबाङ गुफा,।त्रीबेणी धाम मन्दिर तथा मदरसाहरु रहेका छन् । नेपाल सरकारले तय गरेका सयौं गन्तव्य मध्ये पाणीनी तपोभुमी दहपनी यहि गाउँपालिकामा रहेको सबै स्थानलाई ब्यस्बथीत गरेर उत्कृष्ट पर्यटकिय स्थल बनाउने कोशिसमा लागेको अध्यक्ष गौतमले बताउनुभयो ।
त्यसैगरी बाटोको लागी पनि आफुले भरपुर कोशिश गरेको अहिलेको पानीको कारण धेरै ठुलो क्षेती ब्यहोर्नु परेको उहाँको भनाई छ । पाल्पा घुम्ती बाटो पिचको लागि ३ करोड बिनियोजन गरेको अब छिटो पिच हुँने र अरु मुल बाटाहरु ३ वटा पिच हुने पनि उहाँले जानकारी दिनुभयो । सालझुण्डी ढोरपाटनको बाटो ठेकेदार कम्पनीको कारणले ढिलो भएको हो अब छिटोभन्दा छिटो गराउने प्रदेश सरकारका मुख्यमन्त्रीले पहल गर्ने कुरा भैसकेको उहाँको भनाई छ,अन्य २००साना बाटाहरु गाउँ गाउँ टोल टोलमा बन्दै गरेको उहाँको भनाइ छ । खिदिम हटियाको बन्दै गरेको बाटोमा ५० लाख छुट्याएको र छिटो सम्पन्न हुने उहाँको बिश्वास छ, प्रदेश सरकारले दिएको टेण्डरमा बाटो दुई महिनामा पिच लथालिङ्ग हुँदा आफुले जनताको गाली खानुपरेको र ठेकेदारले पनि अटेरी गरेकोले माथिल्लो निकायमा कुरा गरेको र छिटोभन्दा छिटो मर्मत हुने बताउनुभयो ।
त्यसैगरी ८ वटा स्वास्थ केन्द्र रहेकोे कुल बजेट १५/१६ करोड मात्रै भएको अन्य संपुर्ण काम त्यही बजेटले गर्नुपर्ने भएकोले खास काम गर्न नसकेको उहाँको भनाइ छ। अनि बिरामीको लागि दुईवटा एम्बुलेन्स तुरुन्तै खरिद गर्न लागेकोले अब दु:खका दिन धेरै टाढा नभएको र सकेसम्म निशुल्क सेवा दिने उहाँको भनाइ छ।
बिशेष गरि पानीको अभावमा बस्नुपर्ने अबस्थामा रहेका आफ्ना गाउँपालिकाबासीगरुलाई पानीको लागि वास कार्यक्रम लागू गर्न थालेकोले पानीको लागि दु:ख नहुने अब सबै घरमा धारा पुर्याउन सफल हुने बिश्वास व्यक्त गर्नुभयो एक घर एक धाराको अबधारणा राखेकोले अब पानीको लागि कोहीले पनि डोको बोक्नु नपर्ने उहाँको भनाई छ ।
शिक्षा क्षेत्रमा बिकासकालागी व्यापक हेरफेर गरेको छु अब अग्रेंजी भाषा हो भन्ने सबै बुझ्ने र धेरै परिवर्तन आउँने र नेपाल कै पुरानो मध्येमा पर्ने हरिहर संस्कृत माध्यमिक विद्यालय यहीँ पर्दछ,उक्त बिद्यालयमा संस्कृत,साधारण र प्राबिधिक शिक्षाको पढाई हुने उहाँले बताउँनुभयो।
देश चलाउने नेताहरु सबै सरकारी विद्यालयमा पढेर आएका छ्न र कर्मचारी पनि तिनै स्कुलमा पढेर आएका धेरै छन् त्यसैले सामुदायिक विद्यालय सुधारको ब्यबस्थापनमा आफू लागेको बताउँनुभयो। खेतीयोग्य जमीन बाँझो राख्नेलाई कर धेरै लिनेे उहाँको योजना रहेकोे छ। सकारात्मक सोछ राखेर अघि बढन संपूर्ण गाउँपालिका बासीलाई उहाँको आग्रह रहेको छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij