सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

महिला उद्यमीहरुलाई सशक्त बनाउन दराजको जागृति अभियान

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३, २०७६



  • काठमाडौं– अन्तराृष्ट्रिय महिला दिवसको अवसरमा नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले महिला सशक्तिकरणमा केन्द्रित विशेष ‘जागृति’ अभियान सञ्चानल गर्ने भएको छ ।

    यस अभियानको प्राथमिक उद्देश्य महिला विक्रेता तथा उद्यमीहरुको उत्पादनहरूको प्रचार गरी दराजको हजारौं ग्राहकहरुको बीच पुर्याउनु हो । अभियानको माध्यमबाट उठेको सम्पूर्ण आम्दानीको १०% हिस्सा ‘विमेन एक्ट’ नामक एक महिला सशक्तिकरणमा आधारित गैरसरकारी संस्थालाई दिइने दराजले जनाएको छ । उक्त अभियान यहि मार्च ८ देखि मार्च १६ सम्म जारी हुनेछ ।

    दराजसँग एकता देखाउँदै बैंक पार्टनर सनराइज बैंकले अन्तराष्ट्रिय महिला दिवसमा १५% वा १,५०० सम्मको छूट दिने भएको छ । छूटको लाभ लिनका लागि ग्राहकहरूले उनीहरूको सनराइज बैंकको क्रेडीट/डेबीट कार्ड मार्फत पूर्व भुक्तानी वा ‘प्रि–पेमेन्ट’ गर्नुपर्नेछ ।

    यसबाहेक, महिला फेशन, स्वास्थ्य र सौन्दर्य, र जीवनशैली उत्पादनहरूमा पनि अतिरिक्त छूट र अफरहरु रहेका छन् । साथै ग्राहकहरूले भौचर मार्फत १५० देखि ३५० सम्मको छूट पनि पाउन सक्छन् ।

    महिलाहरुमा उद्यमशीलताको विकास गर्न दराजले विशेष प्राथमिकता दिँदै आएको छ । इकमर्स र विशेष गरी दराजले प्रस्तुत गरेको अनलाइन बजार मोडल महिला उद्यमीहरू तथा इच्छुक महिलाहरूका लागि कुनै पनि व्यवसाय सञ्चालन गर्न उपयुक्त प्लेटफर्म बनेको छ । दराजको सजिलो दर्ता प्रकृया र निःशुल्क तालीमले यी महिला उद्यमीहरुलाई आफ्नै बलमा व्यवसाय सुरु गर्न शक्ति प्रदान गरेको छ ।

    दराजले आफ्ना महिला विक्रेता र उद्यमीहरूका धेरै कथाहरू भीडीयोमा रेकर्ड पनि गर्दै आएका छ । उक्त भीडीयोहरुमा उनीहरूले आफ्नो संघर्ष, सफलता, उनीहरूको व्यवसाय मार्फत अन्य महिलाहरूलाई सशक्तिकरण गर्दै आएको र दराजले दिएको साथको बारे व्याख्या गरेको छन् । इच्छुक दर्शकहरूले दराजको यूट्यूब च्यानलमा उनीहरूका कथाहरू हेर्न सक्दछन् ।

    यस अभियानको मार्फत दराजले महत्वाकांक्षी महिलाहरुलाई आफ्नो उद्देश्य प्राप्त गर्न प्रोत्साहित गर्ने आशा गर्दछ किनकी अब समय आएको छ ‘नयाँ सोच, नयाँ म’ को ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij