सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

शिक्षिका मृत अवस्थामा फेला

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २७, २०७६



  • ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ प्रप्चामा एक शिक्षिकाको शव फेला परेको छ । मंगलबार बिहान स्कुल जान भनी घरबाट हिँडकी स्थानीय शिक्षिका २७ वर्षीय हिरा कार्कीको शव बारीको कान्लामुनि मृत अवस्थामा फेला परेको हो । स्थानीय पेशल प्राविमा अध्यापन गराउँदै आएका कार्कीको बाटोबाट करिब १० मिटर तल बारीको कान्लामुनी शव फेला परेको वडाअध्यक्ष टंकनाथ दाहालले बताए । उनले कार्कीको शवलाई स्थानीयले घोप्टो परेको र मुखबाट रगत बगेको अवस्थामा फेला पारेको प्रतिकृया दिए । कार्कीको लडेर वा अन्य के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन ।

    घरबाट करिब २ घन्टाको पैदलयात्रापछि पुगिने विद्यालयमा उनी दैनिक रुपमा सोही बाटो ओहोरदोहोर गर्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक मिलन बस्नेतका अनुसार घटना शंकास्पद रहेको छ । लडेर उनको मृत्यु भएको भनिएपनि सानो कान्लाबाट लडेर मृत्यु भएको हो या हैन भन्ने बिषयमा अनुसन्धान पछि खुल्ने उनले प्रतिकृया दिए । प्रहरीले मुचुल्का संकलन गरी पोष्टमार्टमका लागी शव जिल्ला ल्याउने तयारी गरिरहेको छ । मृतक कार्कीका दुई वर्षका छोरा रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij