सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

काँग्रेस संसदीय दलद्वारा शेर्माको निधनप्रति दुःख व्यक्त

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३०, २०७६



  • नेपाली काँग्रेस संसदीय दलले पूर्वमन्त्री एवं पार्टीका पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।

    संविधानसभा सदस्य एवं काँग्रेसका अग्रज नेता शेर्माको बुधबार उपचारको क्रममा ललितपुरस्थित निदान अस्पतालमा निधन भएको थियो ।

    विसं २००० मा पाँचथरको मिक्लाजुङ–२ सराङडाँडामा जन्मनुभएका शेर्मा दुई कार्यकाल काँग्रेसको केन्द्रीय सदस्य र दुई कार्यकाल काँग्रेस पाँचथरको जिल्ला सभापति भएका थिए ।

    विसं २०४८ मा काँग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएका नेता शेर्माले २०६४ को संविधानसभा सदस्यमा निर्वाचित भएपछि स्थानीय विकासमन्त्रीको जिम्मेवारीसमेत बहन गरहेका थिए ।

    काँग्रेस केन्द्रीय कार्यालयको सचिवमा दुलाल

    नेपाली काँग्रेसले केन्द्रीय कार्यालयको सचिवमा कृष्णप्रसाद दुलाल (मोरङ) लाई समायोजन गरेको छ ।

    तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठिक संरचना र केन्द्रीय कार्यालयसमेतको समायोजनका लागि भएको सहमतिअनुसार दुलाललाई आज सचिव पदमा समायोजन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij