सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

तनहुँमा विदेशबाट फर्किएका २९७ जना होम क्वारेन्टाइनमा

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १४, २०७६



  • तनहुँ । तनहुँमा दुई हप्ताको अवधिमा विदेशबाट फर्किएका २९७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । कोभिड–१९ को जोखिम नियन्त्रण गर्नका लागि विदेशबाट आएका उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार ती व्यक्तिहरु सुरक्षितरूपमा घरमा नै बसिरहेका छन् । जिल्लाका प्रत्येक वडामा पुगेर जनप्रतिनिधिले विदेशबाट आउनेको विवरण सङ्कलन गरिरहेका छन् ।

    नजिकका स्वास्थ्य संस्थामा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य पाइएपछि होम क्वारेन्टाइनमा राखिएको अधिकारीले जानकारी दिए । ‘कोभिड–१९ सँग मिल्ने लक्षण देखा परेको छैन, तैपनि विदेशबाट आएको हुनाले सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ,’ अधिकारीले भने ।

    जिल्लाका ३४ स्थानमा क्वारेन्टाइन बनाइएको छ तर ती क्वारेन्टाइनमा भने अहिलेसम्म कसैलाई पनि राखिएको छैन । त्यस्तै व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

    भीमाद नगरपालिकामा विदेशबाट फर्किएका ९८ जना होम क्वारेन्टाइनमा बसेका छन् । ती व्यक्ति विभिन्न १३ देशबाट दुई साताको अवधिमा घर फर्किएको खुल्न आएको छ । यस्तै कोरोना सङ्क्रमित १९ वर्षीय युवती सवार कतार एयरवेजमा तनहुँका एक यात्रु भएकोे पुष्टि भएको छ । उक्त उडानमा तनहुँको भीमाद घर भई पोखरा बस्ने गुरुङ थरका एक व्यक्ति रहेको पुष्टि भएको र उनी हाल पोखरामा क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

    त्यस्तै शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा विदेशबाट फर्किएका ६५ जना भेटिएका छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवका अनुसार नगरपालिकाको १२ वटै वडामा विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलन गरिएको छ । भारत, दुबई, मलेसिया, माल्दिभ्स, जापान, कतार, श्रीलङ्का लगायतबाट उनीहरु घर फर्किएका छन् ।

    उनका अनुसार शुक्लागण्डकी नगरपालिका–१ मा तीन, वडा नं २ मा एक, वडा नं ३ मा आठ, वडा नं ४ मा एक, वडा नं ६ मा पाँच, वडा नं ७ मा नौ, वडा नं ८ मा सात, वडा नं ९ मा छ, वडा नं १० मा १७, वडा नं ११ मा एक र वडा नं १२ मा सात जना विदेशबाट फर्किएका छन् । वडा नं ५ को तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ । ‘हालसम्म उनीहरु सबैको अवस्था सामान्य रहे पनि सबैलाई सुरक्षितरूपमा होम क्वारेन्टाइनमा बस्न सुझाव दिएका छौँ’, श्रीवास्तवले भने ।

    म्याग्दे गाउँपालिकामा विदेशबाट फर्किने १७ जना भेटिएका छन् । म्याग्दे गाउँपालिका–१ मा दुई, वडा नं २ मा सात, वडा नं ४ मा तीन, वडा नं ५ मा दुई, वडा नं ६ मा दुई र वडा नं ७ मा एक जना विदेशबाट फर्किएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । उनीहरु भारत, जापान, अष्ट्रेलिया, साउदी, कतारबाट फर्किएका हुन् । उनीहरुलाई स्वास्थ्य परीक्षणपछि घरमै सुरक्षितरूपमा बस्न आग्रह गरिएको नागिलाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij