सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

साप्ताहिक राशिफलः यो साता कुन राशिको भाग्य कति शुभ ? हेर्नुहोस्

  • प्रकाशित मिति : आइतवार, चैत्र १६, २०७६



  • मेष

    कार्य सफल बनाउन थप मेहनत गर्नुपर्नेछ । प्रेमिका नौलो उपहारको अपेक्षामा छिन्, भावना बुझ्दा उत्तम हुनेछ । मित्रको सल्लाहबाट विदेशमा अध्ययनको अवसर जुर्न सक्छ, विलम्ब नगर्नुहोला । झन्झटिला कार्यहरूको बोझ आइलाग्दा सचेत भई कार्य सम्पन्न गर्नुपर्नेछ । कालो रंगको सवारी साधन चलाउँदा सचेत रहनुहोला ।

    वृष

    भौतिक साधनको उपयोगबाट अरूको मन लोभ्याउन सकिनेछ । मन पराउने साथीको भावनालाई कदर गर्दा उचित्त हुनेछ । नयाँ एवं पुराना कार्यको प्रतिफलले अन्य योजना बनाउन सहयोग पुर्‍याउनेछ । सामूहिक लगानीमा नयाँ कार्यको प्रारम्भ गर्ने मत मिल्नेछ । सुनौलो रंगको अनुसरणले परिणाम नजिक पुगिनेछ ।

    मिथुन

    प्रतिस्पर्धाबाट प्राप्त उपलब्धिले विदेशको यात्रा तय गर्नेछ । सहयोगीले दिएको सुझावको उपेक्षा नगर्दा लाभ पुग्न सक्छ । खरिद गरिएका सामान छुट्न सक्छन्, होस पुर्‍याउनुहोला । विलासिताका सामग्रीको खरिदमा पारिवारिक मत मिल्नेछ । भोजभतेरमा संयमपूर्वक मनोरञ्जन गर्नुहोला । बढी विश्वासले बेफाइदा नै हुन सक्छ।

    कर्कट

    आकर्षक रोजगारी हात लाग्नाले चर्चित भइनेछ । ठूलो लगानी गरी व्यवसाय प्रारम्भ गर्दा विदेश यात्राको अवसर प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुँदा विवेक पुर्‍याउनुपर्नेछ । घरायसी सजावटमा नवनिर्मित सामग्री खरिद गरी अरूको प्रशंसा बटुल्न सकिनेछ ।

    सिंह

    आफ्नो प्रतिभा प्रस्तुत गरी इनाम प्राप्त गर्न सक्नुहुनेछ । तथ्य कुरा पत्ता लगाई असहज परिस्थतिको सामना गर्न सकिनेछ । उथलपुथल पारिवारिक वातावरणबाट अनन्त साथ पाइनेछ । मन मिल्ने साथीको सुझावलाई मात्र विश्वास गर्नाले पछि परिएला । प्रेमको नाटक गरी झुक्याउनेसँग सचेत हुनुपर्नेछ ।

    कन्या

    ठूला खाले व्यावसायिक योजना तर्जुमा गर्दा फजुल धन खर्च हुन सक्छ । लगानीको क्षेत्रबाट सोचेभन्दा कमै प्रतिफल हात पर्नेछ । प्रेमिकासँगको खटपटमा वादविवाद नगर्दा नै फलिफाप हुनेछ । काममा बेवास्ता गर्नाले अवसर अरूले लिन सक्छन् । गोष्ठी, समारोहमा समावेश हुँदा नेतृत्वदायी भूमिका पाइनेछ ।

    तुला

    प्रशस्त आम्दानी हुने कार्य गर्दा परिवारबाट प्रशंसा पाइनेछ । भावी कार्ययोजना प्रेमिकाले बढी नै मन पराउनेछिन् । गोपनीयता अवलम्बन गरे सहज महसुस होला । दान तथा पूण्य कार्यले तपाईंको व्यवसाय स्वतस् उचाइमा पुगी रोकिएका कामसमेत बन्न सक्छन् । साताको अन्त्यतिर स्वास्थ्यमा ध्यान दिनुपर्नेछ ।

    वृश्चिक

    व्यवसायमा प्रबल नेतृत्व गर्ने अवसरको जिम्मेवारी प्राप्त गरिनेछ । कार्य सञ्चालनमा यथाकदा अवरोध तथा कठिनाइ भने महसुस हुनेछन् । कार्य व्यस्ततामा रुमल्लिँदा प्रेमिका चिढिन सक्छिन्, विचार पुर्‍याउनुहोला । रोजगारीका नयाँ अवसर हात पार्न थप मेहनत गर्नुपर्नेछ । विपक्षीको छलकपट र जालझेलमा भने सावधानी अपनाउनुपर्नेछ ।

    धनु

    अध्ययनको सिलसिलामा विदेशमा पाइला टेकिनेछ । भ्रमणका क्रममा नातेदार तथा कुटुम्भसित भेट भई मनोरञ्जन लिँदा खर्चले पिरोल्नेछ । व्यावसायिक क्षेत्रमा सुधार भई धातुको कारोबारबाट मुनाफा हात लाग्ने सम्भावना छ । पहेलो रंग अवलम्बन गर्नाले बोलीको थप प्रभाव पर्नेछ । परोपकार तथा दान–पूण्यले थप मानसिक शान्ति पाइनेछ ।

    मकर

    पारिवारिक मनमुटाव तथा खटपटमा निराशा छाउँदा प्रेमिकाले थप ऊर्जा दिलाउनेछिन् । अध्ययनमा गरिएको वैदशिक लगानी खेर जानेछैन । मित्रहरूको आर्थिक सहयोग ढिलो प्राप्त भई अवसर गुम्दा मन खिन्न हुनेछ । सवारी साधन चलाउँदा र मनोरञ्जन गर्दा सावधानी अपनाए बेस नै हुनेछ ।

    कुम्भ

    प्रेमिकासँगको भ्रमणले अरूको मन लोभ्याउनेछ । राज्यस्तरमा थालिएका प्रशासनिक कार्यबाट सहयोग नै मिल्नेछ । बिनायोजना पहिरन तथा गहना खरिद गर्दा खर्चले पिरोल्न सक्छ । पारिवारिक सल्लाहले चुनौतीलाई परास्त गर्न सहज हुनेछ । साताको अन्त्यतिर दान–पूण्यमा सहभागी हुँदै मठ–मन्दिर परिक्रमा गरिनेछ ।

    मीन

    साता सामान्य तवरले गुज्रनेछ । परिस्थिति पहिचान गरी पुरुषार्थ गरेमा प्रतिष्ठा पाइनेछ । मित्रले दिएको वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । अनुकूल तथा प्रतिकूल अवस्थामा अरूको मुख ताक्नाले पछि परिएला । राजनीतिक विचार परिवर्तन भई परोपकार तथा पूण्य आर्जन गर्न संलग्न भइनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij