सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

“आदर्श राज्यका संवाहक राम” सन्दर्भ रामनवमी – रमेशकुमार महत

  • प्रकाशित मिति : बिहिबार, चैत्र २०, २०७६



  • आज रामनवमी मर्यादा पुरुष भगवान रामको जन्म त्रेता युगमा आजकै दिन ईशापूर्व ७३९३ मा अयोध्यामा भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।मर्यादाभक्त रहि जीवन यापन गरेको कारण र परिवार, राज्यमा नै मर्यादित र न्यायिक सत्ता संचालन गरेको कारण रामलाई मर्यादा पुरुषोत्तम भनिएको हो । अझै पनि रामले संचालन गरेको मर्यादित राज्यको उदाहरण स्वरूप कतै शान्ति र न्यायिक समाज छ भने रामराज्य जस्तो भनि उदाहरण दिने गरिन्छ । भगवान रामको महत्व यहाँनिर झल्कन्छ कि वहाँको एकमात्र उद्देश्य थियो मानव जातिलाई आदर्श जीवन दिनु । रामलाई त्रेतायुगमा विष्णुको अवतारको रुपमा पनि मानिएको छ ।

    अयोध्याका राजा दशरथका तीन रानीहरु थिए । दशरथका जेठा छोराका रुपमा रहेका रामको तीन भाइहरु भरत, लक्ष्मण र शत्रुधन थिए । कौशल्याको गर्भबाट रामको, कैकेयीको गर्भबाट भरतको तथा सुमित्राको गर्भबाट लक्ष्मण र शत्रुघ्न को जन्म भयो । भरत कि माता कैकेयीले रामबाट राजपाठ भरतलाई दिनको लागि राजा दशरथलाई छल गरि रामलाई १४ वर्ष बनवास पठाउन सफल भएकी थिईन् । पिताको आज्ञा लाई सहज रुपमा मानेर राजा राम हाँसी हाँसी बनवास गएका थिए । तर रामको साथमा सीता र भाई लक्ष्मण पनि साथै बनवास गए । तर रामभक्त भरतले बनवासमा रहेको दाज्यू सँग गई उनले लगाउने चप्पल(खराऊ ) ल्याई सिंहासनमा राखी राजपाठ चलाई दाज्युको मर्यादा राखेका थिए । यसबाट रामको पारिवारिक मर्यादा कति थियो बुझ्न सकिन्छ।

    अयोध्याका राजा दशरथ पुत्र रामको बिवाह मिथिलाका राजा जनकका छोरी सीता सँग भएको थियो । राम अयोध्याका राजपाठ चलाउँथे, उता लंकाका राजा रावण पनि शक्तिशाली थिए । राम रावणको युद्ध एक न्यायिक समाजको लागि भएको पाईन्छ । अर्को तर्फ रावणले रामकै हातबाट मृत्यु भएमात्र आफ्नो बैकुण्ठवास हुने भएकोले सीता हरणको प्रपञ्च रची रामलाई आफूसँग युद्ध गर्न बाध्य बनाएको पनि भनिन्छ । रामको असल मित्र हनुमान थिए । हनुमानकै सहयोगमा रामले लंका विजय गरेका थिए ।

    दक्षिण भारत, श्रीलंका र माल्दिभ्समा रावणको पनि उत्तिकै महत्वका साथ पुजन गरिन्छ । युद्ध अघि रावणले भनेका थिए म यो युद्ध राम सँग हार्नेछु किनकि मेरो भाई विभिषण स्वयं रामको साथमा छ र रामलाई हनुमान जस्तो असल मित्रको साथ छ । उता लक्ष्मणले रावण सँगै बसी युद्धको समयमा रामलाई कूटनीतिक सहयोग पुर्याएका थिए ।

    राम नवमी पर्व असत्य माथि सत्यको विजय र अन्धकार माथि उज्यालोको प्रतिकको रुपमा मनाईन्छ ।

    राम नवमी नेपाल, भारत, बंगलादेश, म्यान्मार,
    थाईल्याण्ड, फिजिटापु, इण्डोनेशिया, साउथ अफ्रिकामा समेत विभिन्न धार्मिक गतिविधिहरु संचालन गरि मनाईन्छ । भगवान रामको विवेचना गरिएको ग्रन्थ “रामायण” वाल्मिकी ऋषि द्वारा लेखिएको हो भने नेपालीमा अनुवाद कवि भानुभक्तले गर्नु भएको हो ।

    रामनवमीको दिन जनकपुरको राम जानकी मन्दिरमा नेपाल, भारत र अन्य मुलुकहरुबाट समेत ठूलो भक्तजनहरुको मेला लाग्ने गर्दछ ।
    आज समाज धेरै व्यभिचारी भईसकेको छ । यस सन्दर्भमा रामायण अर्थात रामले गरेको राज्य संचालन अनुशरणको आवश्यकता छ । आशा गरौं फेरि यस मर्त्यलोकमा राम राज्यको पुनरावृत्ति होस् र राम जस्तो आदर्शवादी राज्य संचालक हुन । सबैको जय होस् हे राम ! श्रीराम ! जय राम । राम नवमीको शुभकामना !

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij