सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सैनामैनाका दुई हजार आठ परिवारलाई राहत बितरण ……… बजारमा निरन्तर अनुगमन

  • प्रकाशित मिति : आइतवार, चैत्र २३, २०७६



  • टिका खरेल
    २३ चैत्र सैनामैना

    सैनामैना नगरपालिका ११ वटै वडामा २ हजार आठ परिवारका ७ हजार ३ सय ८१ जनालाई पहिलो चरणको आवश्यक राहत सामाग्री विपद तथा प्रकोप व्यवस्थापन कोषबाट वितरण गरिएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । उनीहरुलाई आवश्यक चामल, दाल, चिउरा, खाने तेल र साबुन दिईको प्रमुख कार्कीले बताउनु भयो ।

    सबै वडा कार्यालयका राहत सामाग्री पुर्याई सकेको र वडा मार्पmत बितरण भईरहेको समेत कार्कीले बताउनु भयो । १२० क्विन्टल चामल, १२ क्विन्टल दाल, १२ क्विन्टल, नून, १२०० लिटर तेल र १२०० थान साबुन वडा कार्यालयमा हस्तान्तरण भई सकेको समेत कार्कीले जानकारी गराउनु भयो ।

    यसका लागी सैनामैनामा राहत बितरण समिति बनेको र समितिको बैठक राखी आवश्यक कार्य योजना बनाईएको समेत बताउनु भयो ।

    नगरपालिकाबाट प्राप्त गरेकोे राहत धमाधम वितरण भईरहेकोे सैनामैना ६ का वडाध्यक्ष बसन्त पाण्डेले जानकारी दिनुभयो । वडाका दलित समुदायका विपन्न परिवार लगायत २५० परिवारका ७५० जनालाई राहत वितरण गरिएको जानकारी दिनु भयो ।

    दैनिक ज्यालादारीमा काम गरेका विपन्न समुदायका परिवार छनौट गरेर राहत वितरण गरिएको सैनामैना ७ का वडा अध्यक्ष डिलाराम बेलबासेले जानकारी दिनु भयो । राहत पाएसंगै केही परिवार धेरै भावुकसंगै आखा रसाएको ढुश्य देखिएको थियो । साक्षर भगवान नै आएको प्रक्रिया समेत दिएका थिए । बिपदको समयमा खाध्यन्न पाएकोमा बाच्ने आधार भएको सैनामैना ७ का जुठे थारुले बताउनु भयो । स्थानिय सरकार रहेको र दुखमा साथ दिने महसुस समेत भएको थारुको प्रतिक्रिया थियो ।

    बजारमा निरन्तर अनुगमन

    सैनामैना नगरपालिकामा रहेका नीजि मेडिकल तथा क्लिनीक, अति आवश्यक दैनिक पसल, ग्यास बिरण केन्द्र खुला राख्न नगरपालिकाले निरन्तर अनुगमन गरेको छ ।

    नगरपालिकाका उप–प्रमुख विना रानाको नेतृत्वमा उपभोक्ता हित संरक्षण मञ्चका महासचिव दिनेश पन्थी, सैनामैना ब्यापार संघका अध्यक्ष जिवनाथ पाण्डे, सैनामैना उ.वा.संघका राज ब.क्षेत्री, सैनामैनाका चिकित्सक प्रकाश खरेल, स्वास्थ्य संयोजक हेमराज पन्थी, ग्यास बिक्रेता संघका पदाधिकारी,प्रहरी, पत्रकार लगायतको सहभागीतामा नगरमा अनुगमन गरिदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij