प्रकाशित मिति : सोमवार, चैत्र २४, २०७६
लकडाउन बैशाख ३ गतेसम्मका लागि लम्बिएको छ।लकडाउन लम्बिदै जाँदा सम्पुर्ण क्षेत्रमा प्रभावित पर्ने नै भयो, तर पनि अहिलेको परिस्थितिमा यस्को सामना गर्नुको बिकल्प छैन। तथापी नगरबासीहरुमा पर्न गएको असामान्य अफ्ट्यारोहरुमा देबदह नगरपालिका हरबखत सेवामा हाजिर छ, र रहि रहने छ। हाम्रा सबै स्वस्थ्य चौकीबाट OPD लगाएतका सेवाहरु प्रदान भैरहेका छन।
स्वस्थ्य चौकी,देबदह मेडिकल कलेज र निजि स्तरबाट संचालित क्लिनिकमा कार्यरत स्वस्थ्य सेवाका कर्मचारीहरुले सामान्य सुरक्षा प्रबन्धमा पनि जुन मनोबलकासाथ सेवा प्रदान गर्नु भएको छ, र म त्यस्को सम्मान गर्न चाहन्छु, साथै निरन्तर सेवाको बिश्वास ब्यक्त गर्दछु। हामि सबैले देखेका छौँ संक्रमणको कहाली लाग्दो अवस्था यो अवस्थालाइ मनै देखि बुझौँ सामान्य पनि लापरबाही नगरौँ।यो लकडाउन मेरा लागि,मेरो परिवारका लागि,मेरो समाज र सिङ्गो रास्ट्रका लागी हो। भन्ने बुझेर लकडाउनका लागि पुर्ण प्रतिबद्ध बनौ।आफुपनी बचौ,अरुलाई पनि बचाउँ।
-हिरा बहादुर खत्री नगर प्रमुख देवदह नगरपालिका रुपन्देही।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij