प्रकाशित मिति : सोमवार, चैत्र २४, २०७६
कोरोना भाईरसको कारण लकडाउनको बेला विपन्न मजदुरलाई वितरण गर्ने खाद्यान्नमा वडाका जनप्रतिनिधि सदस्यले रकम कुम्ल्याएका छन् । कोहलपुर नगरपालिका वडा नं १४ का जनप्रतिनिधीहरुले के एल दुगड ग्रुपले दिएको राहतमा मनोमानी गरेका हुन् ।
दुगड ग्रुपले १ सय ५० बोरी चामल कोहलपुरको १४ नम्बर्ब वडाका विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेको थियो । वडा न १४ कावडा अध्यक्ष टेक चन हरिजनले शुक्रबार वडाका विपन्न वर्गलाई १ सय २ बोरा खाद्यन वितरण गरे। बाँकी ४८ बोरा खाद्यान भने अध्यक्ष टेक चन र वडा सदस्य रुक्मीणा शर्माले घरमा लगेको जानकारहरुले बताएका छन् । ४८ बोरा चामल मध्ये ३२ बोरा वडा अध्यक्ष टेकचन हरिजनले र १६ बोरा आफुले घर लगेको सदस्य रुक्मीणा शर्माले स्विकार्नुभयो ।
आफ्नो टोल छिमेकमा बितरण गर्नका लागि अध्यक्ष र सदस्यले राम माविको भवनमा राखेको चामल लग्नुभएको हो । नागरिक देखि वडाका अन्य जनप्रतिनिधि देखिले प्रश्न उठाएपछि आफुले नागरिकलाई राहत बाँडेको बताउने अध्यक्षले राहतको लिस्ट दिन सक्नु भएन र पछि हटेको समेत पाईएको छ ।
जवाफ दिननसक्दा स्थानीयले रुकमणिको घर समेत घेराउ गरि घर भित्र राखेको चामल निकालेर वडा कार्यालयमा लगेको स्थानीय भगवती अधिकारीले जानकारी दिनुभयो। स्थानिय अध्यक्ष र सदस्य मिलेर संकटको बेलामा मजदुर विपन्न वर्गलाई दिने राहत आफै कुम्ल्याउनु गलत भएको अर्का वडा सदस्य मन प्रसाद गुरुङले बताउँनुभयो ।
संकटको बेलामा मजदुर नागरिकलाई आएको राहत वडा अध्यक्षले नै घरमा लानु गलत भएको वडा सदस्य शान्ति सुनारको भनाई छ । राहत वितरणमा अध्यक्ष कै भान्जा बर्मा हरिजनलाई अध्यक्षले राखेको र उहाँले मनपरी गरि शुक्रबार राहत वितरण गरेको कति जनालाई भन्ने नाम लिस्ट समेत नरहेको बताउँनुभयो।
नगरपालिकाले दिने ३ सय ८३ थान राहात समाग्रि पनि आउँन बाँकी रहेको समयमा वास्तवीक बिपन्न लाई बितरण गर्न आफुले सुझाए पनि वडा अध्यक्ष आफ्ना नजिकका मान्छे लाई काखि च्याप्दा समस्या उत्पन्न भएको सुनारले बताउँनुभयो । धेरै मात्रमा निजि क्षेत्रबाट आएको राहत वितरण भएपनि वडा कार्यालयले बिना भरपाई राहत वितरण समेत गरेको पाईएको छ ।
वडा कार्यालयले ठुलो मात्रामा राहत वितरण गरेपनि हाल सम्म कोहलपुर १४ का चिडिमार समुदायले समेत राहत नपाएको गुनासो गरेका छन् । स्थानीय गया चिडिमार राहत वितरण स्थलमा ३ पटक सम्म पुगेको र आफुलाई भोट नदिएको भन्दै वडा अध्यक्षले फर्काईदिएको बताए ।
तेस्तै कोहोलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोहोलपुर नगरपालिकाले एक तर्फा राहत सहयोग लिने र राहत वितरण गर्दा नीति नबनाई वितरण गरिनु गलत भएको बताउँनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij