सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नवलपरासी रामग्राम नगरपालिकाद्धारा राहत बितरण कार्य सुरु

  • प्रकाशित मिति : बुधबार, चैत्र २६, २०७६



  • परासी २६ चैत

    नवलपरासीको रामग्राम नगरपालिकाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी गरिएको लकडाउनका कारण नगर क्षेत्रभित्र रहेका दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न घरधुरीलाई वडा मार्फत पहिलो चरणको राहत वितरण कार्यक्रम बुधबार देखि सुरु गरेको छ । राहत वितरणका लागी प्रत्येक वडामा बनेको वडास्तरीय समतिमा मार्फत वितरण गर्ने गरि राहत वितरण कार्यक्रमलाई अगाडि वढाइएको छ ।

    बुधबारदेखि सुरु गरिएको राहत वितराण कार्यक्रममा रामग्राम नगरपालीकाको सवै १८ वटै वडाबाट २३ सय घरधुरी राहतको लागी छनोट भई आएको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए । कोराना भाइरस रोकथाम तथा नियन्त्रणका लागी रामग्रमनगरपालिकाले सुरु देखिनै लकडाउनलाई व्यवस्थीत पार्दै यस अवधिमा दैनिकि गरेर खाने मजदुर गरिवलाई राहत वितरणका लागी वनेको वडा स्तरीय समिति मार्फत राहत वितरण गर्न थालिएको गुप्ताले बताए । नगरभित्रका मजदुर गरेर खाने गरिव विपन्नहरुलाई वडा मार्फत राहत वितरण गर्दै गर्दा रामग्राम नगरपालिकालाई सहयोग गर्ने विभिन्न संघसस्था उद्योगी व्यवसायी कर्मचारीहरुलाई२३००घरधुरीमा वडा मार्फत राहत वितरणको पहिलो चरणको काम सुरुवात भएको गप्ताले जानकारी दिए ।

    पहिलो चरणमा रामग्राम नगरपालिकाले १ देखी १३ वटा सम्म राहत बितरण गर्ने कार्य सुरु भएको गुप्ताले बताए । पहिलो चरणको राहत सकिन्ने लगतै १४ देखी १८ वडामा राहत बितरणगर्ने रामग्राम नगरपालिकाको उपप्रमुख रम्भा कुवारले बताईन । नेपाल सरकारको मापदण्डअनुसार नै नगरपालिकाले राहात बितरण गर्दा परिवार संख्याका आधारमा २ किसिमबाट बितरण कार्यक्रमलाई अगाडि वढाइएको गुप्ताले बताए ।

    जसअनुसार परिवार संख्या ४ जनाको एक परीवार मानेर परिवारलाई पुरै राहात पाउनेछन् । राहतमा ४ जान परीवारकोमा पाउन राहत १० किलो चमल,दाल १ किलो ,तेल आधा लिटर सोयाबीन आधा किलो ,नुन १ किलो ५ कीलो चमल थप गरेर राहत बढने गुप्ताले बताए ।

    नगरप्रमुख गप्ताले भने राहत बितरण कुनै राजनितीक स्वार्थ र व्यक्ति बिशेषको अधारमा नबाढने बताउदै नगरपालिकामा आएको तथ्याडक अनुसार नै स्वच्छ निस्र्वाथ रुपमा र दैनिक मजदुरी गरेर खाने अतिबरीब बिपन्न बर्गाहरुलाई बितरण गर्ने बताए ।

    यस्तै रामग्राम नगरपालिकाको राहत कोषमा नगरपालिकामा रहेका कर्चचारीहरुले दुई लाख ९हजार ,नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्यका कर्मचारीहरुले ९९ हजार राहत कोषमालाई हतस्नतरण गरेको जानकारी दिए ।नेपाली काँग्रेस जिल्ला कार्यसमितीले २५ क्युबिन्टल र ईटा व्यवसायी समीतीले ५१ हजार राहत रुवरुप नगरपालिकाको राहतकोषलाई दिएको गुप्ताले बताए ।


    गाउल दर्पनबाट सभार

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij