सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीद्वारा महोत्तरीका २ सय ३० विपन्न परिवारलाई खाद्यान्न वितरण

  • प्रकाशित मिति : बिहिबार, चैत्र २७, २०७६



  • महोत्तरी। राजपा नेपालकी महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले महोत्तरीका मटिहानी र जलेश्वर नगरपालिकाका विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरेकी छन्।

    कोरोना भाइरसको महामारी नियन्त्रण गर्न स्थानीय तहलाई राहत र स्वास्थ्य सामाग्री अभाव भएको बेला सांसद चौधरीले मटिहानी नगरपालिको मझौराविसनपुर र जलेश्वर नगरपालिका खैराका २ सय ३० विपन्न दलित र मजदुरलाई निजी स्रोतबाट राहत र स्वास्थ्य सामाग्री वितरण गरेकी हुन्।

    ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई अवस्था र परिवार संख्या हेरेर साँसद चौधरीले बुधवार राहत वितरण गरेकी छन्। चौधरीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ र ५ का १ सय ३० परिवार मुसहर र चमार तथा जलेश्वर नगरपालिकाको वडा नम्बर ३ का ७० मुसहर घरपरिवारलाई राहत वितरण गरेको जानकारी दिइन्।

    चौधरीले व्यक्तिगत कोषबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेकी हुन्। उनले प्रति परिवारलाई १० किलो चामल, २ किलो दाल, २ किलो चिऊरा, २ किलो आलु, २ किलो प्याज, १ लिटर खानेतेल र १ किलो नुन वितरण गरेकी हुन्। खाद्यान्नका साथै सांसद चौधरीले उनीहरुलाई साबुन र माक्स समेत वितरण गरेकी थिइन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij