सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सागको भाउमा कुखुरा बेच्दै किसान

  • प्रकाशित मिति : शनिबार, चैत्र २९, २०७६



  • सप्तरी : लकडाउनो कारण दाना अभावले गर्दा सप्तरी जिल्लामा सञ्चालित पोल्ट्री फर्महरू धरासायी बन्न थालेका छन् । सवारी साधन नचलेका कारण दाना आपुर्ति हुन नसक्दा कुखुरा दुब्लाउँदै मर्न थालेका छन् । लाखौंको लगानीमा सञ्चालित फर्महरूमा विगत दुई साता यता दाना आएको छैन । दाना नै नपाएपछि कुखुरा तथा चल्लालाई गहुँ तथा चामल खुवाएर जेनतेन ज्यान जोगाउने गरेको रुपनी गाउँपालिका–४ का कुखुरापालक कृषक दिपेन्द्रप्रसाद यादवले बताए ।

    दाना अभावले कुखुराको वजन बढ्नुको साटो घट्दै गएकोले तरकारीको भाउमा बेच्न थालिएको छ । ऋण लिएर कुखुरा व्यवसाय सुरु गरेका उनी लकडाउनले गर्दा लगानी समेत डुब्ने अवस्था आएको दुःखेसो गर्छन् । कुखुरा तथा चल्लाका लागि दाना ढुवानीको वैकल्पिक व्यवस्था मिलाइए कुखुरा तथा चल्लालाई राहत हुने उनको भनाइ छ ।‘उत्साहका साथ कुखुरापालन सुरु गरेको थिएँ, लामो लकडाउनले सबै वर्वाद भएको छ’, कुखुरापालक दिपेन्द्रले भने, ‘अहिले दानाको अभावमा कुखुराहरुको ज्यान जोगाउन मुस्किल छ, गहुँ र पानी खुवाएर कुखुरा सहज रुपमा बाँच्ने अवस्था छैन ।’
    सरकारले कुखुरापालनमा लागेकालाई प्रोत्साहनस्वरूप राहतको व्यवस्थापन गरिदिए केही सहज हुने उनले बताए ।

    यस्तै पीडा विष्णुपुर गाउँपालिका वडा नम्वर–१ का कुखुराव्यवसायी मनोज कुमार यादवको पनि छ । ‘एक त कुखुराको वजन दाना अभावले बढिरहेको छैन भने अर्कोतर्फ बिक्रीका लागि तयारी अवस्थामा रहेका कुखुरा दुब्लाउँदै छन्’, उनले थपे, ‘कोरोना भाइरसको त्रासका कारण कुखुराको खाने घटेकोले सागकै भाउमा बिक्री गर्नुपर्ने अवस्था छ ।’

    सप्तरी जिल्लामा चार सयभन्दा बढी पोल्ट्री फार्म सञ्चालनमा छन् । कुखुरापालक कृषकको समस्याप्रति सम्वन्धित निकायले ध्यान नदिए कुखुरापालन धरासायी हुने निश्चत रहेकोले सरोकारवालालाई गम्भीरतापूर्वक लिन व्यवसायीको आग्रह छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij