सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

रसुवालाई चीनको थप स्वास्थ्य सामाग्री सहयोग

  • प्रकाशित मिति : शनिबार, चैत्र २९, २०७६



  • रसुवा । कोभिड–१९ नियन्त्रणमा सहयोग पुर्याउन रसुवा जिल्लालाई चीनको जिलोङ काउन्टीले स्वास्थ्य तथा सुरक्षा सामग्री प्रदान गरेको छ । जिल्ला विपद् व्यवस्थापन  समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार मित्र राष्ट्र चीनको तिब्बतस्थित जिलोङ काउन्टीले  रसुवामा काम गर्ने स्वास्थ्यकर्मी र नेपाल प्रहरीका लागि  केही थप सामग्री प्रदान गरेको हो ।

    प्रदान गरिएका सामग्रीमा  १०५ थान पिपिई, ३० थान जुत्ता, ४८ थान मेगाफोन (सानो माइक), पाँच हजार थान हर्बल, १५ लिटर औषधि, पाँच थान प्रोटेक्सन फेस  (हेलमेट जस्तै स्वास्थ्यकर्मीले लगाउने) र १८ थान नाइट यासल (सानो टच) रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

    यसैगरी रसुवामा कार्यरत  प्रहरीका लागि ३० थान आर्मोर गियर (प्रहरीले छातीमा लगाउने) र १०५ प्रोटेक्सन हेलमेट दिइएको छ । यसअघि पनि चीनले स्वास्थ्य सामग्री प्रदान गरिसकेको छ । चीनको जिलोङ काउन्टी एवं नेपालको रसुवा जिल्ला छिमेकी भएको र मित्रता अत्यन्तै  राम्रो रहेको बताउँदै प्रजिअ भण्डारीले विपद्का समयमा  सहयोग गर्ने चिनियाँलाई धन्यवाद दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij